ठुलाकोटको धार्मीक तथा पर्यटकीय विकास ओझलमा परेको गुनासो

पोखरा, ३० चैत । कास्कीको पोखरा–२८ कालीकामा रहेको ऐतिहासीक धार्मीक स्थल ठुलाकोटको धार्मीक तथा पर्यटकीय विकासको सम्भावना हुदाँ पनि विकास र धार्मिक दृष्टिकोणले ओझेलमा परेको हो ।

शनिवार चैतेदशैं रामनवमी पर्वको अवसरमा ठुलाकोटका कालभैरव र चण्डी देवी पुजा एवं वैदिक सनातन धर्म सम्बन्धी प्रवचन कार्यक्रममा वोल्दै प्रमुख अतिथि एवं गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले विकासका पुर्वाधार र ऐतिहसिक र पर्यटकिय दृष्टिकोणले ऐतिहासीक स्थल परापुर्वक काल देखि नै धार्मिीक र पर्यटकीय क्षेत्रका हिसावले चर्चा पाए पनि प्रचार प्रसारको कमि र सहि किसिमले विकास निर्माणका काम अगाडी वढ्न नसक्दा ओझेलमा परेको गुनासो गरे ।

प्रदेश प्रमुख कुँवरले अर्धमको विरुद्ध लडाँई लड्नु नै धर्म भएकोमा जोड दिदैं देश र देशवासीको कल्याण चाहने व्यक्ती नै महापुरुष भएको वताए । पैसा र भौतिक सुविधाले मात्र खुशि नमिल्ने वताउँदै कुवरले अरुलाई आफ्नो कारणले कति खुशी मिल्यो वा दिन सकियो भन्ने कुरामा पनि ध्यान दिनुपर्ने वताए ।

सोहि अवसरमा पोखरा महानगरपालिका मेयर मानवहादुर जिसीले आफ्नै जन्मस्थान वत्ति मुनी अध्याँरो भने झै प्रयाप्त पुर्वाधार नहुँदा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन नसकि रहेको अवस्थामा सवैको साथ र सहयोगले यस क्षेत्रको बिकासका लागि अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे । मेयर जिसीले बाईसे चौविसे राजाको पालादेखि नै चर्चामा रहेको ठुलाकोटबाट प्राकृतिक हिमश्रृखला, पोखराको रमणिय दृश्यावलोकन र एकै ठाउबाट कास्कीका सवै तालहरु देख्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिक साथै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको वताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्रीले स्थानीयस्तरबाट डिपिआर तयार गरेर आउन र यसमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने वताए । यस्तै वडा नंं २८ का अध्यक्ष निर्मल दियालीले धार्मिक एवं पर्यटकिय दृष्किोणले महत्वपुर्ण कोट ठुलाकोट एवं कालभैरव र चण्डीदेवीको विकास गर्नु हामी सवैको कर्तब्य भएकाले स्थानीयवासी, स्थानिय निकाय र प्रदेश सरकार सँग सहकार्य गर्दै गुरुयोजनाका साथ भौतीक पुर्वाधार निर्माण गरि अघी वढ्ने वडाको योजना रहेको वताए ।

अर्घौ ठुलाकोट काल भैरव मन्दिरका पुजारी वसन्तनाथ योगीले बाईसे चौविसे राजाको पालादेखी शिवको रिसाहा रुप कालभैरवको उत्पति भएको र मन्दिरको धार्मिक महिमा ठुलो रहेको वताउादै यसतर्फ स्थानीयले ध्यान पुर्याउन नसकेको वताए । उनले आफ्नो पुर्खाले राणाकालमा पुजा गरि संरक्षण गर्नको लागि लालमोहर पाएको र त्यसयता निरन्तर रुपमा कालभैरवको पुजा गर्दै आएको वताए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, मन्दीरको ऐतीहासिक पृष्ठभुमीको विषयमा तिलकहाली अधिकारी, वेद अनुयायी प्रतिष्ठान कास्कीका ऋषिराम त्रिपाठी स्थानीय विष्णुप्रसाद पौडेल लगायतले राजा कुलमण्डल शाहको पाला देखि नै यस क्षेत्रमा ८३ वटा मठ मन्दिर र विभिन्न ताल तलैया रहेपनि उचित संरक्षण एवंम ठोस रुपमा काम हुन नसक्दा पछि परेकाले आगामी दिनमा मुल कार्यदिशा बनाएर अगाडी वढ्नु पर्ने आवश्यकता औल्याएका थिए ।

वडा नंं २८ क वडाध्यक्ष निर्मल दियालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुर्य ब. जिसी र डाल्डादेवी भुजेलले गरेका थिए भने वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले र सल्लाहकार काशीनाथ न्यौपानेले वैदिक सनातन धर्म सम्बन्धी प्रवचन दिएका थिए । कार्यक्रम अघि स्थानीय आमा समुह संघ संस्थाहरुको भेषभुषा, बाजागाजा, भजन कृतन र झाँकी सहितको र्याली निकालिएको थियो ।

जिल्ला समन्वय समितिका संयोजक वयन ब. क्षेत्रीले स्थानीयस्तरबाट डिपिआर तयार गरेर आउन र यसमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने वताए । यस्तै वडा नंं २८ का अध्यक्ष निर्मल दियालीले धार्मिक एवं पर्यटकिय दृष्किोणले महत्वपुर्ण कोट ठुलाकोट एवं कालभैरव र चण्डीदेवीको विकास गर्नु हामी सवैको कर्तब्य भएकाले स्थानीयवासी, स्थानिय निकाय र प्रदेश सरकार सँग सहकार्य गर्दै गुरुयोजनाका साथ भौतीक पुर्वाधार निर्माण गरि अघी वढ्ने वडाको योजना रहेको वताए ।

अर्घौ ठुलाकोट काल भैरव मन्दिरका पुजारी वसन्तनाथ योगीले बाईसे चौविसे राजाको पालादेखी शिवको रिसाहा रुप कालभैरवको उत्पति भएको र मन्दिरको धार्मिक महिमा ठुलो रहेको वताउादै यसतर्फ स्थानीयले ध्यान पुर्याउन नसकेको वताए । उनले आफ्नो पुर्खाले राणाकालमा पुजा गरि संरक्षण गर्नको लागि लालमोहर पाएको र त्यसयता निरन्तर रुपमा कालभैरवको पुजा गर्दै आएको वताए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, मन्दीरको ऐतीहासिक पृष्ठभुमीको विषयमा तिलकहाली अधिकारी, वेद अनुयायी प्रतिष्ठान कास्कीका ऋषिराम त्रिपाठी स्थानीय विष्णुप्रसाद पौडेल लगायतले राजा कुलमण्डल शाहको पाला देखि नै यस क्षेत्रमा ८३ वटा मठ मन्दिर र विभिन्न ताल तलैया रहेपनि उचित संरक्षण एवंम ठोस रुपमा काम हुन नसक्दा पछि परेकाले आगामी दिनमा मुल कार्यदिशा बनाएर अगाडी वढ्नु पर्ने आवश्यकता औल्याएका थिए ।

वडा नंं २८ क वडाध्यक्ष निर्मल दियालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुर्य ब. जिसी र डाल्डादेवी भुजेलले गरेका थिए भने वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले र सल्लाहकार काशीनाथ न्यौपानेले वैदिक सनातन धर्म सम्बन्धी प्रवचन दिएका थिए ।

कार्यक्रम अघि स्थानीय आमा समुह संघ संस्थाहरुको भेषभुषा, बाजागाजा, भजन कृतन र झाँकी सहितको र्याली निकालिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top