ज्वेलर्सबाट २० लाख बराबरको चोरी

२७ चैत । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गए राति रु २० लाख बराबरको चोरी भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट रु ११ लाखको गरगहना चोरी भएको छ ।

चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको रु छ लाख पर्ने सुनको विभिन्न गरगहना १० तोला र रु चार लाखको सात किलो चाँदी गरी रु ११ लाखको चोरी गरेको छ ।त्यस्तै गए राति नै जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरामा एक समूहले स्थानीयवासी लक्ष्मीनारायण शर्माको घरको छतबाट घरभित्र पसी लाखौँको चोरी गरेका छन् ।

चोरहरुले शर्माको घरभित्र रहेको रु छ लाख पर्ने सुनका गरगहना १० तोला, ३५ तोला चाँदी विभिन्न सामान र दराजभित्र रहेको नगद रु ३५ हजार तथा अन्य सामान चोरी गरी लगेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । आज बिहान जिल्लाको दुई स्थानमा चोरीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा अन्य इलाका प्रहरी र प्रहरी चौकीबाट ती स्थानमा चोरको खोजतलास गर्न व्यापक रूपमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विषादी सेवनबाट महिलाको मृत्युमहोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो साहले खेतबारीमा किरा मार्न प्रयोग गर्ने थाइमेट नामक विषादी सेवन गरेपछि उनको अवस्था सिकिस्त भएर परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा गए राति करीब ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साहले के–कति कारणले विषादी सेवन गरेको भन्ने खुलेको छैन ।


रासस

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top