कविता:- सरकार र हिंशा

सरकार निरिह भएपछि, देशमा लुट भैरहन्छ !
खै के गर्दै छ सरकार, बलत्कारी लाई संरक्षण दिईरहन्छ !!
कैयौ नाबालिकाको अश्मिता लुटिन्छ यहाँ !
उ भने कानमा तेल हालि रमिता हेरेर बस्छ त्यहाँ !!

आफ्नै आमाको प्रसव बिर्सिएर छोराहरु उस्तै आमाहरु प्रति नाता बिर्सिन थाले !
गुन्यो चोली लाउने आमालाई पनि छाडेनन रे उनिहरुले उनको सरिरसँग पनि खेले !!
नाङ्गो अनि छोटा कपडा लगाएर बलत्कारको सिकार हुन्छन भनिरहँदा !
के गल्ति थियो र ति निर्मला पन्तको, भविष्य बनाउन कापि कलम बोकेर हिँडिरहँदा !!

आवाज पनि मलिन भयो अब दोषिको बिरुद्दमा कारबाहिको माग गरिरहँदा !
हत्यारा, बलत्कारी जस्ताले संरक्षण पाएर खुलेआम हिँडिरहँदा !!
दोषिलाई कार्बाहिको माग गर्दा प्रहरिको गोलि लागेर मर्यो रे बालक !
देशमा बलत्कार र लुट मच्चिरहँदा, कानमा तेल हाली बस्छन देश चलाउने चालक !!

न्यायलयको गेटमा मगन्ते बनेर स्वयम्ं बसेको छ न्याए !
देशको ढोका बन्द गरेर मचान बाट उर्दि पनि लाए !!
देशको शुसाशन सिंहदरबारको मूलढोकामा लम्पसार भएको छ !
स्थानिय तहदेखि केन्द्रसम्म लुटेराको जमात चलिरहेछ !!

पखला चल्दा विदेश जान्छौ कति बन्छौ नेता तिमि लाचार !
सिटामोल नपाएर जनता मरिरहँदा देख्या छैनौ र सरकार !!
आँफै भ्रष्ट भएपछि किन बोल्थे उनिहरु गरिव र निमुखा जनता लुटिरहँदा !
लाज लाग्दैन तिमिहरुलाई, संसद् भवनमा मसिनो स्वरले सदाचारको गित गाईरहँदा !!

आफ्नो ऋणि ओठको मुस्कान मुस्कान खोज्दै !
शरिरको अन्तिम थकाई मेट्ने चिहान खोज्दै !!
युवाहरु डिग्रीको सर्टिफिकेट च्याति विदेशिरहँदा !
कम्ता हाँसो त उठ्दैन देश चलाउने देखि फिलिम खेल्नेले एसईईको परिक्षा दिईरहँदा !!

यो त अति भो सरकार करले पनि सिमा नाघिसक्यो !!
थाहा छैन सुनचोरी र जहाज किन्दा लुट्ने कहाँ भागिसक्यो !!
विकाशको नाउँमा सम्पति कमाई सातपुस्तालाई पाल !
अब त विदेश बाट बाकसमा आउने लासको पनि कर लगाउन थाल !!


लेखक:- प्रदिप देवकोटा
तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top