बोर्ड परिक्षा नहुँदा पोखरा विश्वविद्यालयका ३० हजार विद्यार्थीको भविश्य अन्यौलमा

पोखरा, २७ चैत । पोखरा विश्वविद्यालयका विद्यार्थीले तत्काल बोर्डको परिक्षा हुनुपर्ने माग गरेर आन्दोलन गरेका छन् । २÷२ पटक परिक्षा तालिका निस्किएपनि परिक्षा स्थगित भएको र अहिलेसम्म परिक्षा तालिका सार्वजनिक नभएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

गत माघ २१ गते र फागुन १५ गते हुनुपर्ने परिक्षा स्थगित गरिएको थियो । त्यस यता परिक्षा तालिका सार्वजनिक गरिएको छैन । विद्यार्थीहरुलेहरुले विश्वविद्यालयले परिक्षा तालिका सार्वजनिक नगर्दा विद्यार्थीहरुको भविस्यमा खेलवाड भईरहेको बताएका छन् । पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सचिव सुरज परियारले परिक्षा संचालन नहुदा विश्वविद्यालयका ३० हजार विद्यार्थीलाई असर परेको बताएका छन् । परिक्षा नहुदा एकेडेमिक क्यालेण्डर बिग्रने परियारले बताउनुभयो ।

परिक्षा नहुदा ४ वर्षमा सकिनुपर्ने कोर्स पछि सर्ने र पछि विद्यार्थीहरुलाई विदेशमा अध्ययन र रोजगारका लागि जाँदा पनि असर गर्ने उहाँको भनाई रहेको छ । उनिहरुले तुरुन्त परिक्षा तालिका सार्वजनिक गरि परिक्षा संचालन गर्न माग गरेका छन् । परिक्षा तालिका तुरुन्त सार्वजनिक नभए रचनात्मक रुपमा कडा आन्दोलन गर्ने उनिहरुले बताएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top