नेपाल मगर संघ स्याङजाको अध्यक्षमा लोकेन्द्र तरामु

स्याङ्जा, २५ चैत । नेपाल मगर सँघ जिल्ला समन्वय समिती स्याङजाको सातौँ अधिवेशनबाट अध्यक्षमा लोकेन्द्र तरामु मगर चयन भएका छन् । स्याङ्जाको गल्याङमा शनिबार सम्पन्न बन्दसत्रबाट तरामु मगरको अध्यक्षमा २५ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा बिनोद राना, महिला उपाध्यक्षमा कृष्ण माया राना, प्रथम उपाध्यक्षमा खुम बहादुर बिरकट्टा, द्वित्तिय उपाध्यक्षमा क्या. दिल बहादुर थापा, सचिबमा सागर चर्ती थापा मगर, सहसचिबमा लोक बहादुर सारु मगर र कोषाध्यक्षमा लक्ष्मी थापा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दिलिप थापा मगर, मन बहादुर थापा मगर, भिम राना मगर, दल बहादुर सिंजाली, कृष्णा थापा, खेमानसिंह थापा मगर, केशर थापा मगर, प्रशान सिंजाली सुनमाया राना मगर, पुर्ण माया थापा मगर, डोल बहादुर थापा मगर, उमेश दर्लामी र सुमित्रा रेश्मी मगर चयन भएको सँघका सचिब सागर थापा मगरले जानकारी दिएका छन् । उनका अनुसार मुख्य निर्बाचन अधिकृत खगिसरा राना मगरको संयोजकत्वमा राम बहादुर थापा मगर, नारायण थापा मगर र ईन्द्र बहादुर राना मगरको निर्बाचन समितिले ३ बर्षका लागि नंया कार्यसमिति चयन गरेको हो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्र्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अधिकार खोजेर नभई लडेर लिनुपर्ने बताएका थिए । उनले राजनैतिक र प्रसाशकिय पहुँचका लागि देशभर छरिएर रहेका मगर गोलबन्द हुन जरुरी रहेको औल्याउदै सोको आवाज बुलन्द गर्न नेपाल मगर सँघको स्थापाना भएको धारणा ब्यक्त गरेका थिए ।

मगर सँघको आन्दोलन सिमित जाति विरुद्ध नभई अन्यायमा परेका मगर लगायत अन्य समुदायको न्याय र समानताको लागि रहेको समेत बताए । त्यस्तै कार्यक्रमका बिशेष अतिथि समेत रहेका गण्डकी प्रदेश सभा सदस्य दिपक थापा चर्तीमगरले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै प्रदेशलाई समृद्धको दिशा निर्देश गर्नुपुर्व जनजातीको भाषा, कला, धर्म संस्कृतिको संरक्षण नितान्त आवश्यक रहेको बताए । उनले मगर सँघको माध्ययबाट कुनै समुदायको मात्र चौतर्फी बिकास नभई सिङ्गो वर्गकै उत्थान भएको बताएका थिए । फरक प्रशंगमा चर्तीमगरले पर्यटकिय हिसाबले गण्डकी प्रदेश नेपालकै केन्द्र रहेको बताउदै पर्यटन प्रर्बद्धनको लागि कल्चर, नेचर र एड्भेण्चरलाई अझ बिशेष जोड दिन आवश्यक रहेको उल्लेख गरेका थिए ।

सुशान्त गाहा मगर

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top