वडा नं १५ मा जनजाती उत्थान तथा शशक्तिकरण

पोखरा, २१ चैत । पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा जनजाती उत्थान तथा शशक्तिकरण सम्बन्धि ४ दिवसीय अभिमूखिकरण तालिम बुधबारदेखि सुरु भएको छ । कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद गायत्री गुरुङ कुशुमले नागरिकमा सीपविकास गर्नु अहिलेको मूल आवस्यकता भएको बताईन् । आफूहरु जाती विशेषको पक्षपाती नभएको भन्दै उनले समाजका सबै जाती र वर्गको उत्थानमा राज्यले ध्यानदिई रहेको उल्लेख गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यएवं वडा नं १५ कावडा सदस्यतोरणबहादुर बानियाँ र आई.एन.एफ हरियोखर्ककाअपरेशन निर्देशक ढाकाराम बुढामगरले पनि शुभकामना व्यक्त गरे ।
“सामाजिक सद्भाव र भावनात्मक एकताका लागि सामूहिक विकास, सबैको सहभागिताआजको आवस्यकता”भन्ने मूलनाराका साथ आयोजित उक्त कार्यक्रममा वडा नं १५ मा रहेका विभिन्न टोल, समाज र बस्तीबाट जनजाती समुदायका ६३ जनाको सहभागिता छ ।

कार्यक्रममा सामाजिकअभियन्ता सुष्मापौडेल, पत्रकार महासंघ कास्कीकाअध्यक्ष दिपेन्द्र श्रेष्ठ, थ्रि एन्जल्स रेडियोका समाचार प्रमुख जीवन सुवेदी, पोखरा एफएमका स्टेशनम्यानेजर रत्ना गुरुङ र सहजकर्ता लक्ष्मण कोईराला र गणेश बहादुर आलेले विषयगत विधामा सहजिकरण गर्ने तालिका रहेको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । वडाअध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रुक बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडा सचिव गणेश पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top