मातृभुमिमा मेरो सानो सोंच

१९ चैत । प्रकृतिमा रहेका विभिन्न तत्वहरुको समिश्रणबाट अदृश्य शक्तिको संयोजनमा मानव शरीरको रचना भएको हुन्छ । प्राणीमात्रमा अत्माको रुपमा भगवानको अंश रहेको सम्पुर्ण मानव जातीको विश्वास छ ।मानव जातिका लागि यो कर्मप्रधान संसार हो, जहाँ कर्म गरे पछि केहि न केहि फल अवश्य पाईन्छ । ईश्वरको चाहना हो कि मानवले पृथ्वी लोकमा भगवानको चाहना बमोजिम कार्य गर्दै जाओस्, जसबाट ईश्वर आफ्नो कल्पना अनुसारको परिक्षणमा सफल होस् । त्यसैले भगवानले आफ्नो सर्वोत्कृष्‍ठ कर्मयोगी अवतार मानव को श्रृष्‍टि गरेको होला । भनिन्छ, स्वर्गमा आफ्नो कर्मबाट आर्जित फलको भोग गर्ने मात्र सुविधा छ । कर्म गर्ने अवसर पृथ्वी लोकमा मात्रै छ त्यो पनि मानव जातीले मात्र परिवर्तनशील कार्य गर्न सक्छ ।त्यसैले मानव जातीलाई सर्बोत्कृष्ठ प्राणीका रुपमा लिईन्छ । जीव शास्त्रीहरुले मानव जीवनका बारेमा जे जति बिज्ञान र सिद्धान्त प्रतिपादित गरे पनि उठेका टिप्पणीहरुको बैज्ञानिक जवाफ दिन सकेका छैनन ।अहिले पनि धर्म, संस्कृति र जन विश्वास छ कि हाम्रो जीवन ईश्वरको योजनावद्ध कार्यको फल हो । मानिसको शरीर, आत्मा, हृदय र मष्तिष्क बारेमा हाम्रा धर्म शास्र्तहरुमा परिकल्पना यस्तो गरिएको छ ।

यो भौतिक शरीर हामीले मातृभूमी र प्रकृतिबाट ऋण लिएका तत्वहरुको संयोजनबाट बनेको छ । ऋण लिएका बश्तुहरु यस लोकबाट आफु संगै लिएर जान सकिंदैन, जुन तपाई हाम्रै आँखा अगाडी सत्य छ । आफुले आफैंलाई सोध्दा पनि जवाफ पाईन्छ कि “म” भनेको यो शरीर होईन, “म” शरीर भन्दा पृथक हुँ । शरीर मेरो कार्य यन्त्र मात्र हो । यसबाट मैले कर्मभूमीमा कर्म गर्नु पर्छ । कुनै पनि कर्म गर्नका लागि जानकारी हाँसिल गर्न यो शरीरमा ईन्द्रिय र कर्मेन्द्रियहरुको संरचना राखिएको हो ।

अतः शरीरको सहायताबाट जीवनकालमा केही कर्तब्यहरु पुरा गर्नु पर्छ । जीवनका अनेक कर्तव्यहरु छन ।जसलाई हामिले जिम्मेवारिका रुपमा स्वीकारेका छौं । ति जिम्मेवारीहरु हामीले जीवनकालमा नै पुरा गर्न सक्नु पर्दछ । कर्तव्यहरु पुरा नभएको जीवन अधुरो हुन्छ । सबै कर्तव्यहरु सफलतापूर्वक सम्पादन गर्न सकेको खण्डमा मात्रै जीवन सफल रहेको मानिनेछ । हाम्रो शरीरमा ईश्वर, माता–पिता, प्रकृति, गुरु समाज र मातृभूमीको लगानी भएको छ । शरीरमा आत्मा भगवानको अंश रहेको, माता पिताले हामिलाई जन्माएको, प्रकृतिले जन्मिन हुर्किन वातावरण प्रदान गरेको, गुरूले हामीलाई बिद्वता प्रदान गरेको, समाज क्रियाकलाप गर्ने ठाँउ र मातृभूमि हाम्रो अन्नदाता, पालक, आश्रय स्थल हो। उहाँहरुको सहयोगले हाम्रो जीवन यो अवस्थामा छ । अन्यथा हाम्रो जीवन अहिलेको अवस्थामा सायद हुदैनथ्यो होला । हाम्रो जीवनलाई योग्य बनाउने ईश्वर, माता–पिता, प्रकृति, गुरु समाज र मातृभूमीका लागि हामीले केही गर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।

संसारका प्राणीहरु सबैको जीवनकाल छ । आहार, निन्द्रा, भय र मैथुन प्राणी सबैमा हुन्छ ।ईशरुवर र प्रकृतिले मानिसलाई विवेक र संचार क्षमता युक्त बनाई अरु प्राणी भन्दा फरक गरेको छ । मानव भएर हामीले यो फरक के हो रु र केका लागि हो भनेर बुझ्नै पर्छ । मानिसको मस्तिष्क अरु प्राणीको भन्दा बढी विष्लेशण गर्न सक्छ, बढी बिवेक छ, उत्कृष्ठ संचार क्षमता छ, यो यथार्थपरक तर्क हामीले गर्न सक्छौं । तर के यस फरकबाट हामीले हाम्रो जीवन अरु प्राणीको भन्दा फरक बनाउन सकेका छौं रु वा हामी पनि अरु प्राणीले जस्तै खाने, डुल्ने, आराम गर्ने, बच्चा जन्माउने, घर बनाउने र अहंकार, काम, क्रोध, लोभ, मोहमा मात्रै सिमित राखी समय व्यतित गरि रहेका छौं रु राम्रो काम हर्नकै लागि भगवानले हाम्रो आत्मालाई मानिसको चोलामा जन्माएको छ ।

भगवानको चाहना अनुरुप पनि यस धर्तीमा राम्रा कामहरु गर्न हामीले मानवीय क्षमताको सही सदुपयोग गर्नै पर्दछ । तर जीवनको रचना मात्र अति विशिष्‍ट होईन, यसलाई कर्म द्धारा हामीले अति विशिष्‍ट बनाउनु पर्दछ । हामीमा कर्म गर्ने क्षमता निहित गरिएको छ । हामी कर्मयोगी प्राणी हौं । हामीले ईश्वरको चाहनालाई साकार पार्न मानव जीवनका लागि निर्देशित कर्महरु गर्नु पर्दछ । ईश्वरको ईच्छा पनि यही हो, जुन हाम्रो कर्तव्य हो । यस लोकमा सत्य कामहरु भईरहेका छन । कर्म गरे सो अनुसारको फल पाईन्छ नगरे सो अनुसारको फल पाईन्छ ।

संसारमा मानव जीवनका ति योद्दाहरुले यी कामहरु गरि राखेकै छन । यो बिषय सबैका लागि पनि सोचनीय बिषय हुनु पर्दछ । हाम्रा पृथक पृथक रुपमा हामीले आ(आफ्नो स्थानबाट ईश्वर, माता–पिता, प्रकृति, गुरु समाज र मातृभूमीकालागि केही गरेका पनि छौं होला । तर त्यस पृथक प्रयासले हामिले शरीरमा ईश्वर, माता–पिता, प्रकृति, गुरु समाज र मातृभूमीको लागि केही गर्न सकेनौंभने हामीमा त्यो ऋण रहन्छ । मृत्यू सैयामा भएको बेला यमराजले यदि हामिलाई के गरिस भन्दा पनि हामिले समाजका लागि यो गरे भन्ने चित्त बुझ्दो जवाफ हुनै पर्दछ । जीवनका कर्तव्य भित्रका ६ वटा क्षेत्रका कामहरु मध्ये समाजको विकासका लागि लागु औषध मुक्त समाज निर्माणको अभियानमा जुटनु पनि एक हो ।लागु औषध मुक्त समाजको विकास उत्कृष्ठ समाज निर्माणको पहिलो खुटकिला मानिन्छ ।

बर्तमान समयमालागू औषधको समस्या विश्वमा सवैभन्दा ठूलो चुनौतीको रुपमा देखापरेको छ । कुनै पनि विकसित, विकासोन्मुख, अल्प(विकसित राष्ट्र यो समस्याबाट अछुतो रहन सकेको छैन । पछिल्लो समायमा लागू औषधको माग अत्याधिक रुपमा वृद्धि भैरहेको छ । अति राम्रो मुनाफा आर्जन गर्न सफल यसको कारोवार अन्तर्राष्ट्रिय रुपमा नै व्यापक रुपमा फैलिएको छ ।

लागू औषधको अवैध ओसार–पसार रदुर्व्यसन सर्वपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै पनि स्थान वा क्षेत्र विशेषको समस्या मात्र नभई मानव समुदायकै सामूहिक समस्याका रुपमा रहेको समस्या हो । नेपाल लगायात विश्वका कुनै पनि राष्ट्र यस समस्याबाट अछुतो रहन सकेका छैनन् । नेपालमा सन् १९६० को दशक देखि हिप्पी संस्कृतिको आगमनका साथै लागू औषधको समस्या जटिल हुँदै गएको देखिन्छ । सन् १९६० को उत्तरार्धसम्म लागू औषध (Narcotics) को दुरुपयोग तथा ओसार–पसार केहि अफिमजन्य खोकी औषधी र मनोद्विपक पदार्थ (psychotropic Substance) मा मात्र सीमित रहेकोमा सन् १९९० को दशकको सुरुवात देखि लागू तथा मनोद्विपक पदार्थ (Narcoticsand psychotropic Substances) को दुरुपयोग युवायुवतीमा बढ्दै गएको पाइन्छ । सजिलै उपलव्ध हुने, कम मूल्य पर्ने र लामो समयसम्म असर गरी रहने भएकोले लागू औषधको दुव्र्यसन बढ्दै गएको देखिएको छ ।

नेपालमा लागू औषधको अवैध ओसार–पसारमा संलग्न संगठित गिरोहको गतिविधि सिमावर्ती क्षेत्रमा झन बढ्दै गएको देखिन्छ । स्थानीय स्तरमा उपभोग हुने वा नेपाल हुँदै अन्य मुलुकमा अवैध ओसार–पसार हुने हेरोइन स्थल मार्ग र हवाई मार्ग हुँदै नेपालमा आउने गरेको छ । अफिमको उत्पादन तथा ओसार–पसारको केन्द्रविन्दु मानिएको  Golden triangleर Golden Crescent  नजीक रहेको नेपालको भौगोलिक अवस्थितिका कारण पनि अन्तर्राष्ट्रिय संगठित गिरोह
(Drug Mafia)  ले अवैध कारोवारका पारवहन विन्दुको रुपमा नेपालको भूमिलाई प्रयोग गरी रहेका र भविष्यमा अझ बढी गर्न सक्ने संभावना प्रवल देखिन्छ ।

हाल विश्वमा सवैभन्दा चिन्ताको विषय लागू पदार्थको बनाउने विभिन्न सहायक रसायनहरु
(Precursors) को प्रयोगलाई समेत लिने गरी एको छ । विभिन्न उद्योगहरुका लागि आवश्यक पर्ने कुनै रसायनमा अन्य कुनै रसायन संग मिश्रण गरेमा त्यसले विभिन्न किसिमका लागू औषधको रुप लिन्छ, जस्तो औषधी उद्योगहरुमा आवश्यक पर्ने सहायक रसायनहरु
(Precursors) बाट कडा किसिमको  Methamphetamine  जस्ता लागु औषधीहरुको निर्माण हुन्छ ।

नेपालमा लागू औषधको व्यापक रुपमा सेवन र अवैध कारोवार गर्ने गरिएको विभिन्न अनुसन्धानहरुबाट खुल्न गएको छ । नेपालमा हेरोइन, चरेश, अफिम लगायतका लागू औषधहरु प्रतिवन्धित छन् । जाँड, रक्सी लगायतका लागू पदार्थहरु सामाजिक सांस्कृतिक रुपमा नै स्वीकृत मानिन्छन भने होली, शिवरात्री जस्ता चाडपर्वहरुमा गाँजा सेवनलाई छुट दिएको हो की भन्ने देखिन्छ तर ती पदार्थहरु जुनसुकै पर्वका नाममा सेवन र कारोवार गर्न कानूनले छुट भने दिएको छैन । नेपालमा जातजातिका आधारमा लागू औषधको प्रयोग गर्ने र नगर्ने गरेको पनि पाइन्छ । कतिपय जातजातिमा जाँड रक्सी लगायतका मादक पदार्थ सेवनलाई धार्मिक र सांस्कृतिक रुपमा नै छुट स्वीकारेको पाइन्छ।

नेपालको हालको अव्यवस्थित शहरीकरण, संगठित अपराधिक संजालको प्रभावमा वृद्धि, तथाकथित आधुनिकीकरणको विस्तार, बेरोजगारी आदिका कारणले हालका दिनमा लागू औषधको दुर्व्यसनी र कारोबार व्यापक रूपमा वृद्धि भएको पाइन्छ । काठमाडौं उपत्यका, पोखरा, धरान लगायतका मुख्य मुख्य शहरी क्षेत्र तथा खासगरी नेपाल–भारत सीमावर्ती शहरहरुमा यो समस्या बढ्दो मात्रामा रहेको पाइन्छ । खासगरी जोखिम समूहका युवायुवतीमा लागू औषधीको दुरुपयोग तथा दुर्व्यसनको प्रवृत्ति बढिरहेको छ भने विगतमा गाँजा, चरेश र हेरोइन सेवनमा सीमित रहेको लागू औषध प्रयोग गर्न थालेको पाइन्छ । बिभिन्न औषधीको प्रयोग र दुर्व्यसन गर्ने विधिमा आएको परिवर्तनका कारण लागू औषध प्रयोगकर्ताहरु र विशेड गरि युवाहरुमा कुपोषण, रक्तअल्पता, हेपाटाइटिस, यौनजन्य रोग र एच. आई. भी. एड्स जस्ता खतरनाक रोगबाट संक्रमित हुने क्रम बढ्दै गएको छ ।

लागू औषधको कुलतले विशेष गरी महिला तथा किशोर उमेरका व्यक्तिहरु बढी मात्रामा प्रभावित रहेको पाइन्छ । दुर्व्यसनको लतमा फसेका महिलाले पारिवारिक र सामाजिक बहिष्कारको सामना गर्नुपर्ने भएकोले उनीहरुमा यस विषयमा कसैलाई जानकारी नगराउने प्रवृति बढेको देखिन्छ। अधिकांश महिला लागू औषध प्रयोगकर्ताहरुले आफ्नो कुलतलाई निरन्तरता दिन देहव्यापार र लागू औषधको कारोवारलाई आफ्नो आयको माध्यम बनाएको पाइन्छ। त्यसैले महिला लागू औषध प्रयोगकर्ता यौनकर्मीहरुमा एच. आई. भी. संक्रमण उल्लेखनीय रुपमा बढीरहेको विभिन्न अध्यय्नले प्रष्ट गरेको छ ।सामाजिक प्रतिष्ठाको डरले कतिपय अवस्थामा छोरा छोरीको दुव्र्यसन अभिभावकले नै ढाकछोप गर्ने गरेको पाईएको छ ।

यो लागु औषधको सामाजिक समस्यासमयमानै निराकरण गर्न नसकिएमा राष्ट्रले उत्पादनशिल र सिर्जनशिल युवा जनशक्ति गुमाउनुका साथै आपराधिक क्रियाकलाप पनि बढ्ने पक्का छ । यस प्रयोजनका लागि लागू औषधको उत्पादन तथा ओसार–पसारको वदलिदो स्वरुप र प्रवृतिलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय महासन्धिको भावना अनुरुप कानून निर्माण एवं परिमार्जन गरी कानून कार्यान्वयनलाई अझ बढी सुदृढ, सक्षम साधन सम्पन्न तुल्याउन अपरिहार्य भएको छ ।

लागुऔषधको रोकथाम नियन्त्रण गर्नु हामी सबैको दायित्व हो । यसको रोकथाम र नियन्त्रणमा हामी लागेनौं भने समाजका होनहार युवाहरु यसको लतमा फस्न जाने अति नै बढी सम्भवना रहन जान्छ । भावी पुस्ताका ती योग्य नागरीक लागु औषधमा फसेपछी देश र समाजमा चाहिने प्रभावशाली व्यक्तिहरुको अभाव हुन जाने छ । समाज र राष्‍ट्र जुन गन्तव्य तर्फ अगाडी तर्फ बढ्नु पर्ने हो त्यता नगई अवाञ्‍छित दिशा तर्फ जाने छ । तपाई हाम्रो चाहाना र आकांक्षा हाम्रा सन्तानहरुले पुरा गर्न नसक्ने अबस्था आउन सक्ने छ ।लागु औषधको दुर्व्यसन एक सरुवा रोग नै हो । यसको बिकृति बढ्दै गयो भने जो पनि जुन सुकै बेला यसको समस्याबाट ग्रसित हुन हुन सक्छ ।

एक पटक शान्त मनले एकान्तमा बसी आफुले आफैलाई प्रश्‍न गरौ कि विकसित देशहरुले यस क्षेत्रमा व्यापक अध्ययन गरी किन त्यती धेरै जनशक्ती र साधन स्रोत खर्च गरिराखेका होलान रु यदि यो क्षेत्रले समाजमा खतरानक प्रभावहरु पार्दैनथ्यो भने सायद यस कार्यमा फजुल खर्च कसैले पनि गर्दैनथ्‍यो । अत, नेपालमा लागु औषधको दुर्व्यसन, खेती, उत्पादन वसार पसार, सञ्‍चय र विक्री वितरणलाई रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार, सम्बन्धित निकायमा, रणनितिकर कार्यन्वयन तहमा रहेका सबै व्यक्तीहरु पनि मन बचन र कर्मले सामाजिक उत्थानको यस महान कार्यमा लाग्नै पर्छ । हामी यस कार्यमा अग्रसर नहुनु, कुनै प्रकारको शिथिलता देखाउनु वा अनावश्यक विवाद गरि रहनु पनि लागु औषधको रोकथाम र नियन्त्रण कार्यलाई प्राथमिकतामा नराखेको देखिन्छ ।

हाल लागु औषध र नियन्त्रित औषधिहरुको दुर्व्यसनको रोकथाम र नियन्त्रणमा लागेका नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी, लागु औषध नियन्त्रण व्यूरो, लागु औषध नियन्त्रण कार्यक्रम औषधी व्यबस्था विभाग स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयहरु र निजि क्षेत्रमा सञ्‍चालित औषधी व्यवसायीहरु पुनस्स्थापना केन्द्रहरुले लागु औषधको रोकथाम नियन्त्रण तथा पुनस्रथापनाको कार्यमालागेको देखिन्छ । लागु औषध नियन्त्रणको कार्यमा अहिलेको संरचनाले जुन उपलब्धिका सूचकहरु देखाएको छ, त्यसमा प्रभवकारिता ल्याउन लागु औषध नियन्त्रण ऐन २०३३ शंसोधनको क्रममा छ ।

नेपाल लागू औषध सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र हो । ति अन्तर्राष्ट्रिय महासन्धिहरुले गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने प्रयोजनका लागि गठित राष्ट्रिय संयन्त्रलाई अझ प्रभावकारी बनाउन एवं लागू औषध प्रयोगकर्ताको मानव अधिकारको संरक्षण गर्दै हालका दिनहरुमा लागू औषधको प्रयोगमा देखापरेका विविध जटिलताहरुलाई संवोधन गर्न सक्ने गरी मौजुदा लागू औषध नियन्त्रण ऐन२०३३, लागू औषध राष्ट्रिय नीति२०६३, लागू औषध राष्ट्रिय रणनीति२०६६ लगायतका नीति तथा कानूनहरुमा समसामयिक सुधारको खाँचो देखिएको छ ।

अहिले शंसोधनमा रहेको लागु औंषध ऐन २०३३ संसोधनमा आएपछि सो ऐन र नियमावलिमा हाल देखा परेका समस्याहरु ( व्यूरोको पुनसंरचना गर्नु पर्ने अवस्था, लागू औषध नियन्त्रण व्यूरोलाई अपूर्ति नियन्त्रण र चेतनामूलक कार्यक्रम समेत गर्न पाउने व्यवस्था,लागू औषध नियन्त्रण व्यूरोलाई आवस्यक अलग्गै बजेट नछुट्टीने अवस्था, लागु औषध रोकथाम र नियन्त्रणको संरचनाको स्वरुपमा व्यापकता ल्याउनु पर्ने, औषधी कम्पनीहरुले ल्याउने सहायक केमिकल –प्रिकर्सर, लागू औषधको कारोवारमा प्रयोग भएको अवस्था देखिएकोले यसको प्रभावकारी अनुगमनको व्यवस्था,लागु औषध बारेको आवश्यक जानकारी दिने व्यक्तीलाई जानकारिको सत्यता प्रमाणित हुना साथ पुरष्कार दिन नसकेको अवस्था, राज्यले प्रत्येक क्षेत्रमा पुनस्र्थापना केन्द्र स्थापना गर्न नसकेको अवस्था,पुनर्स्थापना केन्द्रहरुको अनुगमन र नियमन प्रभावकारीरुपमा गर्न नसकिएको अवस्थाहरु लाई संबोधन गरिनु पर्नेअनिबार्यता छ। सबैलाई यस बिषयमा बढी जागरुक र दृढ संकल्पित बनाउन शंसोधन हुने ऐन नियमावलीमा नेपालबाट वाहिर जानु पर्दा, सवारी चालक अनुमति पत्र लिंदा वा रिन्यू गर्दा, हातहतियारको ईजाजत पत्र लिंदा वा रिन्यू गर्दा,कुनै सार्वजानिक पदमा वहाल रहँदा वा सरकारी तवरमा जनप्रतिनिधिको रुपमा रहने हरेक व्यक्तिलाई पनि मेडिकल रिपोर्टसंगसंगै नार्कोटिक टेस्ट रिपोर्टपनि लिनु पर्ने अनिवार्यता भएमा लागु औषध नियन्त्रणको अभियानले बढि महत्व पाउँनेछ।

यसका साथै हरेक अभिभावक, सचेत नागरिकहरुले पनि अत्मालाई साक्षी राखी आ(आफ्‍नो ठाँउबाट लागु औषधको बिरुद्धमा काम गर्नै पर्ने हुन्छ ।त्यस्तै विद्यालय, कलेज, होस्‍टेलहरुले ती सस्थाहरुमा विद्यार्थीहरुलाई त्यस्ता कुलतमा लाग्ने रतिभर पनि संभावना नरहेको र आफुहरु लागु औषधको बिरुद्धमा छौ भन्ने कुराको उदाहरण सहित प्रस्तुत गर्न सक्‍नु पर्दछ ।सम्पुर्ण सचेत देशवासीहरुले लागु औषध मुक्त समाज स्थापनाको कार्य आफ्नो मानव जीवनको कर्तव्य हो भनि सहकार्यमा जुट्ने हो भने मात्र स्वस्थ्य र सुन्दर समाजको कल्पना साकार हुनेछ । हरेकले आफ्नो मानव जीवनमा एउटा उल्लेखनीय उपलब्धि हाँसिल गर्ने छन । हरेक व्यक्तिको जीवनको अमुल्य उपलव्धि समाज र राष्ट्रले पाउनेछ । साथसाथै ईश्वर, माता–पिता, प्रकृति, गुरु र मातृभूमी प्रतिका जिम्मेवारीहरु तर्फ पनि हामी अग्रसर रहेको मानिनेछौं ।

रण बहादुर चन्द

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top