अमर राई स्वरमा ‘के पायौ र धन’

१५ चैत । नव गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गर्न लागिरहेका छन् । लामो समयको प्रवास बसाइपछि घरबासमा आएर संगीतमा निरन्तर लागिरहेका गायक राईले आजबाट ‘के पायौ र धन ?’ बोलको गीतलाई लिएर दर्शक तथा श्रोता माँझ आएका छन् ।

सार्वजनिक गीतमा जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यसगीतलाई सुमन खड्काले मिक्सिङ गरेका हुन् । यस गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जीसीलाई फिचरिङ गरिएको छ । भिडियोलाई मिलन शंकरले निर्देशन एवं छायाँकन गरेका छन् भने उत्तर मगरको सम्पादन रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top