४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १३ चैत ।


पर्वत: शव फेला परेको
मिति २०७५/१२/१३ गते मोदी गाउँपालीका-८ चित्रे नेपाने स्थित सर्दी खोलामा सोही ठाउँ बस्ने अन्दाजी ३०/३२ वर्षको सन्तोष बि.क. मृत अवस्थामा छ भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

म्याग्दी: सवारी दुर्घटना ३ जना घाईते
मिति २०७५/१२/१३ गते बेनी नगरपालिका-४ साङथुङ स्थित बरंजाबाट बेनी सदरमुकाम तर्फ आउँदै गरेको ग.१.ज.६९७० नंम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०मिटर तल खस्न जाँदा मंगला गाउँपालिका-३ बस्ने ४० वर्षकी ईन्द्र कुमारी घर्ती, सोही ठाउँ बस्ने १९ वर्षिया बबिता घर्ति मगर र सोही ठाउँ बस्ने २९ वर्षिय होम बहादुर चोचाङ्गी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी तर्फ पठाईएको छ । जिप र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७५/१२/१३ गते । प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top