४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १२ चैत ।

नवलपरासी(पुर्व) सवारी दुर्घटनामा ६ जना घाइते
हिजो मिति २०७५/१२/ ११ गते बिनयी त्रिबेणी गाँउपालिका-२ स्थित बिश्वकर्मा मन्दिर नजिकै पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना६ख ६८५९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिदा बसमा सवार अन्दाजी १४ जना मध्ये प्युठान नगरपालिका -७ बस्ने वर्ष ३५ कि बिन्दु परियार, रामग्राम नगरपालिका-१८ बस्ने वर्ष ३० की उमा खनाल, लमई नगरपालिका-५ बस्ने वर्ष ३६ को हेमराज आचार्य, गुलरिया नगरपालिका-९ बस्ने वर्ष १९ को विश्वराम चौधरी, चिसापानी गाँउपालिका-१ बस्ने वर्ष ५० को मिन राना मगर र चौतारी गाँउपालिका-१० बस्ने वर्ष २९ की त्रिशा डाँगी घाईते भई उपचारको लागी दुम्किबास तर्फ पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई गई चालकलाई नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७५/१२/११ गते प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top