काङग्रेस नेता डङ्गोललाई मातृशोक

काठमाडौँ, १ चैत । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ । नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहनुभएका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिनुभयो ।

स्व डङ्गोलको आज टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व डङ्गोलका तीन छोरा र एक छोरी हुनुहुन्छ, जसमध्ये नेता डङ्गोल जेठो छोरा हुनुहुन्छ ।

रासस

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top