मिर्गौलापीडितलाई सहयोग - SamacharpatiSamacharpati        

मिर्गौलापीडितलाई सहयोग

नवलपरासी, १ चैत पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२ का दुवै मिर्गौलापीडित गणेश सापकोटालाई नवलपुर समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ । छत्तीस वर्षीय सापकोटालाई कावासोती–१३ का वडाध्यक्ष विनोदकुमार रानाको समन्वय तथा सम्पर्कमा कावासोती–८ निवासी नवलपुर समाज दक्षिण कोरियाका सचिव हेमराज चापागाईले रु ५० हजार सहयोग उपलब्ध गराउनुभएको हो । वडाध्यक्ष रानाले नवलपुर समाज दक्षिण कोरियाको सामाजिक कार्यक्रमप्रति खुशी व्यक्त गर्दै मिर्गाैलापीडित सापकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

वैदेशिक रोजगारको क्रममा साउदीमा रहेका सापकोटा विदेशी भूमिबाटै मिर्गाैला रोगी भएर फर्केका हुन् । करीब आठ महीनाअघि नेपाल आएका सापकोटाले सबै नेपालीमाझ सहयोगका लागि आग्रह गर्नुभएको थियो । नवलपुर समाज दक्षिण कोरिया कोरियामा काम गर्ने नवलपुरेको सङ्गठन हो । सामाजिक सेवामा काम गर्ने उद्देश्यले स्थापित यस सङ्गठनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । 

बाल यौन दुरुपयोगअन्तर्गत मुद्दा 

बालिकामाथि यौन दुव्र्यवहार गर्न खोजेको आरोपमा पश्चिम नवलपरासीमा पक्राउ परेका एक निजी स्वास्थ्य क्लिनिक सञ्चालकलाई प्रहरीले थप कारवाही प्रक्रिया अघि बढाएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन–४ मा रहेको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको मूल प्रवेशद्वारभन्दा बाहिर निजी स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका रामग्राम नगरपालिका–९ करमैनी बस्ने २४ वर्षीय अम्वृष गुप्तालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको हो । 

निजी स्वास्थ्य क्लिनिकमा एक्स–रे सेवा लिन गएकी १७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्न खोजेको आरोपमा प्रहरीले गत सोमबार क्लिनिकबाटै गुप्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका गुुप्तालाई बाल यौन दुरुपयोगअन्तर्गत मु्द्दा दर्ता भई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) को कार्यालयले जनाएको छ । एक्स–रे गर्न गएकी बालिकालाई एक्स–रे कक्षमा कपडा खोल्न लगाएर यौन दुव्र्यहार गर्न खोजेको आरोप गुप्तामाथि लागेको छ । 

रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित