रोट्याक्ट क्लव लेखनाथ द्धारा वाल आश्रमलाई सहयोग

पोखरा, १ चैत्र । रोट्याक्ट क्लव लेखनाथ द्धारा डाडाँकोनाक स्थित श्रीकृष्ण प्रणामी वाल आश्रमलाई सहयोग वितरण गरेको छ । क्लवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन अनाथ वालवालिकाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको क्लवका निवर्तमान अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए । रोटा विक अन्तर्गत आश्रममा रहेका ४ जना वालवालिकालाई स्टेशनरी तथा खाद्यान्न सामाग्री वितरण गरेको कार्यक्रम संयोजक विवेक कडेंलले वताए ।

५० जना युवायुवतीहरु सदस्य रहेको क्लवले नेतृत्व विकास लगाएतका समाज परिवर्तनका कार्यक्रमहरु गर्दै आएको छ । स्थानिय समाजसेवी महानुभावहरुको उपस्थिती रहेको उक्त कार्यक्रमलाई व्यवसायी सन्तोष घिमिरेले सहयोग गर्नु भएको थियो । स्टेशनरी वितरण कार्यक्रममा वोल्दै आश्रमकी सञ्चालीका कला गुरुङले युवाहरु समेत समाज परिवर्तनमा लागेको र सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो । रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सन्दिप पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उत्तम श्रेष्ठले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top