पोखराको सभागृहचोकमा शंकास्पद बस्तु, सेनाले गर्यो डिस्पोज

पोखरा, ३० फागुन । पोखराको सभागृहचोकमा भेटिएको शंकासपद बस्तु बम भएको पुष्टि भएको छ । सभागृहचोकको आइल्याण्डमा झोलामा राखिएको उक्त सानो आकारको सुतली बम नेपाली सेनाको डिस्पोजल टिमले डिस्पोज गरेको हो ।

सो बम नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समुहले राखेको हुन सक्ने अनुमान गरिएको छ । पोखरा सहित देशका विभिन्न ठाउँमा शंकास्पद बस्तु र बम भेटिएका छन् ।

नेपाल सरकारले नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समुहले पुर्व घोषित कार्यक्रम अनुसार आज नेपाल बन्दको घोषणा गरेको थियो । यहि बिचमा नेपाल सरकारले केहि दिन अघि सरकारले उक्त समुहलाई प्रतिवन्ध लगाएको छ ।

सरकारले विप्लब समुहलाई प्रतिवन्ध लगाएपछि राष्ट्रिय राजनितिमा विभिन्न किसिमबाट टिकाटिप्पणी गर्न थालिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top