बुद्धिमानलाई आयो कोरियादेखि यति ठुलो सहयोग, अहिलेसम्म कति रकम उठ्यो ! भिडियोसहित

भक्तपुर, २७ फागुन । भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर आएका बुद्धिमान कुवंरको भारतको सिमलामा लेवरी काम गर्दै गर्दा उनले बोकेको सरीयाले विद्धुतीयको तारमा छुन पुग्दा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थिए । घरको आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा समेत समस्या भएको उनले बताएका छन् ।

उपचारकै लागि कुवंर परिवारले ६० हजार रुपैयामा आफनो थोरै बारी समेत बिक्रि गरिसकेका छन । आफुलाई दिशा पिसाव आवतजावत गर्न सक्ने सम्मको उपचारका लागि सहयोग गरिदिए औधि खुशि हुने उन्को भनाई छ । २३ बर्षका बुद्धिमानका एक श्रीमति र ४ बर्षिय छोरा छन् । उनलाई अझै उपचारको लागि पैसाको आवश्यकता रहेको छ । बुद्धिमानलाई सहयोग गर्नको लागि ९८२२४१५५२७ मा सम्पर्क गर्न सकिने पारीवारीक श्रोतले जनाएको छ । उनको अबस्था देखेर सामाजिक सञ्जालमा समेत उन्का सुभचिन्तकहरुले सहयोगको याचना गरेका छन । कतिले सहयोग पनि गरिसकेका छन्।

धेरै थोरै गरेर उनलाई उपचारखर्च जुट्ने क्रममा नै छ। सहयोग कै शिलशिलामा कोरियाबाट उनलाई १५ हजार सहयोग प्राप्त भएको छ जुन पत्रकार शर्मिला गुरुङ मार्फत बुद्धिमानलाई भर्खरै मात्र हस्तान्तरण गरिएको छ। कोरियामा बस्ने नेपाली दाजुभाई दिदीबहिनीले आफ्नो खर्चबाट केहि रकम कटौती गरेर बुद्धिमानको अवस्थामा मलम लगाउन सोहि सहयोग पठाएका हुन्।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top