पोखराको हल्लनचोकमा आगलागि

पोखरा, २४ फागुन । पोखराको हल्लनचोकमा आगलागि भएको छ । हल्लनचोकमा क्लब ९९ डान्सबार, एक ह्याण्डीक्राफ्ट पसल र एक बर्गर सपमा आगलागि भएको हो ।

बर्गरसपबाट सुरु भएको आगो ह्याण्डीक्राफ्ट र माथिल्लो तल्लामा रहेको क्बल ९९ मा पुगेर क्षति भएको छ । आगलागि बरगरसपबाट सुरु भएको बुझिएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ ।

आगो दमकल, स्थानिय पानीका ट्याङकरको सहायताले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । ठूलो क्षति भएको अनुमान गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top