“गजल”

पोखरा, २३ फागुन ।
देउरालीमा बसी कसम खाएको होइन र प्रिय
संगै बाच्ने संगै मर्ने भनी माया लाएको होइन र प्रिय।।

सारा समाजले औला उठाउँदा पनि हाम्रो मायालाई,
चुनौती गरि पिरतीको गीत गाएको होइन र प्रिय।

गाउँबेसी , मेलापात , वनपाखा चारैतिर ,
हाम्रै पिरतीको गीत छाएको होइन र प्रिय।

बाबुआमासंग नाता सम्बन्ध तोडेर भए पनि,
हामी दुई एक हुन चाएको होइन र प्रिय।

यहाँका मानिस , समाजको त कुरै छाडै,
कालै पनि हामलाई विछोड गर्न आएको होइन र प्रिय।।।

अप्सरा बानिया

स्याङ्गजा फेदीखोला -१

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top