दीपशिखामा त्रिद्धिवसीय उद्घोषण तालिम सम्पन्न - SamacharpatiSamacharpati        

दीपशिखामा त्रिद्धिवसीय उद्घोषण तालिम सम्पन्न

पोखरा, २० फागुन । पोखरा महानगरपलिका वडानं २९ मा रहेको दीपशिखा पुस्तकालयमा महिलाहरुलाई लक्ष्यीत गरि तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङले तालिम लिए पछि सहभागीहरुको वोल्ने कलामा परिवर्तन आउनु पर्नेमा जोड दिदै आगामी दिनमा वडाले पनि यस प्रकारका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।

तीन दिनमा सहभागीहरुले गरेको प्रस्तुतीबाट आफुखुशी भएको भन्दै गुरुङले सहभागीहरुलाई सिकेको सिपलाई ब्यबहारमा उतार्न आग्रह गर्नुभयो । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले दीपशिखाले स्थापनादेखि निशुल्क रुपमा विभिन्न तालिमको आयोजना गर्देआएको जनाउनुु भयो । उहाँले उदघोषण तालिममा सहभागीहरुको प्रस्तुतीले आफुहरुलाई खुशीलागेको बताउदै भण्डारीले तालिमको आबश्कयता महसुस भए नगरबासीहरुलाई दिपशिखाले निशुल्क रुपमा तालिमा उपलब्ध गराउने बताउनु भयो ।तालिमका प्रशिक्षक एवं पत्रकार घनश्याम पाण्डेयले तालिम प्रस्चात सहभागिहरुले सञ्चालन गर्ने कार्यक्रम र उनिहरुको ब्यवहारमा समेत परिवर्तन आउने बताउनु भयो ।

पाण्डेयले सहभागीहरुको सिक्ने उत्सुक्ताले तालिम सोचे भन्दापनि राम्रो भएको बताउदै सहभागीहरुलाई अबसर आउदा सधै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा दीपशिखा सामुदायिक पुस्ताकालयका उपाध्यक्ष जंगवहादुर गुरुङ, कार्यक्रम संयोजक दिपकमणि भण्डारी, सदस्य बुद्धिमाया थापा मगर, सहभागिहरु गीता गुरुङ र उमा थापाले तालिम प्रभावकारी र फलदायी भएको धारणा राख्नुभएको थियो ।प्रशिक्षक घनश्याम पाण्डेले सहजिकरण गरेको तालिममा वडानं २६,२७ , २९ र ३० का गरी ३५ जनाको सहभागीता रहेको थियो कार्यक्रमको संचालन प्रशिक्षार्थी सृजना राना मगरले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित