पोखरा आसपासमा आज हुने कार्यक्रमहरु - SamacharpatiSamacharpati        

पोखरा आसपासमा आज हुने कार्यक्रमहरु

समाचारपाटी डटकम डेस्क, पोखरा । आज मिति २०७५ साल फागुन १४ गते मंगलबार । तद अनुसार सन् २०१९ फेब्रुअरी २६ तारेख । पोखरा उपत्यका र आसपासमा आज हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु यस प्रकार छन् ।

  1. तरना म्युजिक सेण्टरले गर्न लागेको तरना सांगितिक साँझबारे जानकारी पत्रकार भेटघाट कार्यक्रम । स्थान – क्याफे दि गार्डेन, चिप्लेढुङ्गा । समय – बिहान ८ बजे ।
  2. पोखरा विश्वविद्यालयमा अनसनरत विद्यार्थीको थप आन्दोलनबारे जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम । स्थान – पोखरा विश्वविद्यालय, लेखनाथ । समय – बिहान ८ बजे ।
  3. नेपालमा बनेको हलिउड चलचित्र दि म्यान फ्रम काठ्माण्डौबारे जानकारी दिन पत्रकार सम्मेलन । स्थान – सिनेप्लेक्स, पोखरा ट्रेडमल, चिप्लेढुङ्गा । समय – बिहान ९ः३० बजे ।
  4. जनयुद्ध देखि झापा संघर्षसम्मका महान सहिदहरुको सम्झनामा वाईसियल र युवासंघ कास्कीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम । स्थान – सहिद पार्क, पोखरा । समय – साँझ ६ बजे ।

आज पोखरा आसपासमा हुने विविध कार्यक्रमबारे हामी तपाईंलाई जानकारी दिने प्रयास गरेका छौँ । तपाईंहरू पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई मेल वा फोन गरेर टिपाउन सक्नुहुनेछ । साथै पत्रकार सम्मेलन, अन्तरक्रिया, गोष्ठी लगायत कुनै कार्यक्रम गर्नु परेमा पोखरा मिडिया क्लबमा सम्पर्क गर्नुहोस । हामी तपाईंले गर्न लागेका कार्यक्रम सबै माझ जानकारी दिने प्रयास गर्नेछौँ ।

(इमेल : [email protected] तथा फोन नम्बर : ०६१४६८०१२ , ९८५६०३२४८६)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित