प्रेस युनियनको अध्यक्षमा नविन सिग्देल निर्वाचित

समाचारपाटी, पोखरा, १२ फागुन । नेपाल प्रेस युनियन कास्कीमा पत्रकार नविन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्ष र सचिवमा आइतबार भएको निर्वाचनबाट अध्यक्षमा माधव रेग्मी र यदुनाथ बन्जारालाई हराउदै सिग्देल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै सचिवमा भुपाल गुरुङ र सन्दिप पौडेललाई हराउदै प्रदिप पौडेल निर्वाचित हुनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नबौ अधिबेशनले अन्य सदस्य र पार्षद सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षमा रविना आले, कोषाध्यक्षमा विजय लम्साल, सहसचिवमा ज्योति हमाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरी पन्त, धन बहादुर गुरुङ, मधु अधिकारी, सम्राट गुरुङ, सुबास पौडेल, सुबास आचार्य, अनिषा श्रेष्ठ, महेन्द्र ढुङ्गाना, सपना अधिकारी, भावना श्रेष्ठ, बिजय नेपाली रहनुभएको छ ।

अधिवेशनले प्रदेश पार्षद र केन्द्रीय पार्षद पनि निविरोध निर्वाचित गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top