fbpx

वाई सर्भिस क्लबद्धारा डोटीका भुकम्प पिडितलाई राहत वितरण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । सुदुर पश्चिम प्रदेशको विकट जिल्ला डोटीका भुकम्प पिडितलाई वाइ सर्भिस क्लब अफ पोखरा र वाइ सर्भिस क्लब अफ लुम्बिनीले सम्युक्त रुपमा गत विहिबार राहत वितरण गरेका छन् ।

गत कार्तिक २३ गते बुधबार राती करिब २ वजेको समयमा डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिका वडा नं. ७ गैरा गाउँमा केन्द्र विन्दु वनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पको कारण त्यहाँका ठुलो धनजनको क्षति भएको समाचार माध्यममा प्रशारण भए पछि क्लबले सो स्थानमा गइ राहत वितरण गर्ने सोच बनाएकाे थियाे ।

वाइज मेन इन्टरनेशनल क्लबका साउथइष्ट एशिया रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीको नेतृत्वमा वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाट र क्लबका सल्लाहकार डोटीका स्थानिय समाजसेवी मिनबहादुर वोहराको समुहले राहत सामग्री वितरण गरेको थियो ।

क्लबले न्यानो कपडा एक सय ५० थान, कम्मल ५० थान, त्रिपाल ४० थान, खाद्यान्न सहयोग गरेको थियो । सो अवसरमा पुर्वी चौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नं. ७ का वडा सदस्य भिम खड्कालगाएतको रोहवरमा उक्त राहत वितरण गरिएको वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाटले बताउनुभयाे ।

रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीले पिडितलाई गरिएको सहयोग पहिलो चरणको भएको र दोश्रो चरणमा गाउँपालिकाको सहकार्यमा वाइज मेन इन्टरनेशनलको सहयोगमा पिडितहरुको घर मर्मत, अस्थायी घर निर्माण, शौचालय तथा घर निमार्ण गर्ने योजना रहेको पनि बताउनुभएकाे छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन