हुलाकको प्रभावकारिता घट्दै - SamacharpatiSamacharpati        

हुलाकको प्रभावकारिता घट्दै

अमरगढी, ८ फागुन । सञ्चारको क्षेत्रमा लामो इतिहास बोकेको हुलाक सेवा आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको हो ।

सूचना–प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ । टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत अहिले आएर सबैको हातहातमा मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको हो । चिठीपत्रको भन्दा इन्टरनेटभित्र पनि फेसबुक च्याट, भाइबर, स्काइपबाट आफन्तसँग प्रत्यक्ष कुराकानी गर्न सकिने हँुदा यस्को प्रभावकारिता घटेको बताइन्छ ।

घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम धेरै घटेपछि अहिले सरकारी कार्यालयका चिठीको भरमा डडेल्धुरा जिल्ला हुलाक कार्यालय सञ्चालन भइरहेको छ । करिब २५० चिठीपत्र आउने गरेकामा अहिले एकदर्जन चिठीपत्र मात्रै हुलाकमार्फत आउने गरेका जिल्ला हुलाक कार्यालयका हल्कारा नारायणदत्त जोशीले बताउनुभयो ।

खलोप्रथा कायमै

डडेल्धुराका धेरै ठाउँमा अझैँ पनि खलोप्रथा कायम रहेको छ । दलित समुदायले फलामका भाँडाकुँडा बनाएबापत र लुगा सिलाएबापत खलो पाउने गरेका छन् ।

खेतीपातीका लागि प्रयोग हुने तथा अन्य कामका लागि पनि प्रयोग हुने फलामका भाँडाकँडा मर्मत गरेवाफत उनीहरुले खलो पाउने गर्दछन् । डडेल्धुराको नवदुर्गा, गन्यापधुरा तथा सदरमुकाममा रहेको अमरगढी नगरपालिका लगायतका ठाउँमा सो प्रथा कायमै छ ।

आफुहरुले काम गरेवापत पैसा नपाइ यसरी खलोमा मात्र सीमित हुनु परिरहेको उनीहरुले गुनासो गरेका छन् । खलो लिने दिने पनि कुनै मापदण्ड नहुँदा जति दिए पनि त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता रहेको छ । दलित समुदायको श्रमशोषण भइरहेको नवदुर्गा गाउँपालिका–१ एरोडाका जोगी कामीले बताउनुभयो ।

रासस

फोटो :- रातोपाटी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित