पर्वत ! ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु - SamacharpatiSamacharpati        

पर्वत ! ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो ।

नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । \

जग्गा दान

यहाँका एक वृद्धले प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका भोलानाथ शर्माले भवन बनाउन जग्गा उपलब्ध गराउनुभएको हो । साविक बाच्छा गाविसका पूर्वगाविस अध्यक्ष शर्माले सात आना तीन पैसा दुई दाम जग्गा दान गर्नुभएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले दुई विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । पढाइमा जेहेन्दार कुश्माको नारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अमिन खड्का र शिवालय बहुमुखी क्याम्पसमा अध्ययनरत विनोद परियारलाई रु पाँच÷पाँच हजार सहयोग गरिएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो ।

रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित