कुसुमाकर माविमा आँखा शिविर सम्पन्न, ४ सयको आँखा जाँच

करापुटार, ८ फागुन । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटारमा रहेको कुसुमाकर माविमा सम्पन्न भएको आँखा शिविरमा करिब ४ सयले आँखा जाँच गराएका छन् ।

स्थानिय गोमती युवा क्लबको व्यवस्थापन, रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ लमजुङको सहयोगमा कार्यक्रम भएको गोमती युवा क्लबका अध्यक्ष यदु घिमिरेले जानकारी दिनुभयो ।

शिविरमा चस्मा लगाउनुपर्ने २ सय ८५ विरामीलाई चस्मा वितरण गरिएको थियो भने ५ जनामा मोतियाबिन्दु देखिएकाले निशुल्क अप्रेशनको लागि अस्पताल रिफर गरिएको घिमिरेले जानकारी दिनुभयो ।

आँखा शिबिरमा सहयोग गर्ने संघसंस्था प्रति आभार व्यक्ति गर्दै क्लबका अध्यक्ष घिमिरेले क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताउनु भयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top