मध्यनेपाल ईशानेश्वर धार्मिक तथा सास्कृतिक महोत्सवको तयारी पुरा

करापुटार, ८ फागुन । मध्यनेपाल ईशानेश्वर धार्मिक तथा सास्कृतिक महोत्सवको सम्पुर्ण तयारी भएको छ। ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति मध्यनेपाल–७, करापुटार लमजुङको आयोजनामा हुन् गई रहेको महाशिवरात्री पर्वको पावन अवसरमा आगामी फागुन १६ देखि २३ गतेसम्म मध्यनेपाल ईशानेश्वर धार्मिक तथा सांस्कृतिक महोत्सव–२०७५ सम्पन्न हुने भएको छ ।

मध्यनेपाल नगरपालिकाको कार्यालय भोर्लेटार, लमजुङको प्रवर्धनमा सम्पन्न हुने उक्त महोत्सवको विशेष आकर्षणका रूपमा फागुन २० र २१ गते विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने छ। जसअन्तर्गत राष्ट्रिय तथा स्थानीय लोक दोहोरी कलाकारहरूको बेजोड प्रस्तुति गायन तथा नृत्य हुने भएको छ। गण्डकी प्रदेश स्तरीय भजन तथा चुड्का प्रतियोगितामा ठाडो भाका लोकगीत एवम् स्थानीय बालुन नृत्यको समेत प्रस्तुति रहने छ ।

उक्त सांस्कृतिक कार्यक्रममा चोलेन्द्र पौडेल, राज सिग्देल, बिरु लामा, राजन कार्की, घनश्याम रिजाल, प्रकाश सपुत, सिर्जना आले मगर, मञ्जु वि.क., विक्रम परियार, मालती घले, चाहना श्री, रितकुमार श्रेष्ठ, अनिता पन्त, लक्ष्मी बानिया, सुषमा ठकुरी, सुनिल परियार, सुनिता गिरी, प्रिया श्रेष्ठ, राजकुमार परियार, सज्जन बोहोरा, शान्ति न्यौपाने, दिलु मगर, चित्रा पुन, बुद्धि खनाल तथा सङ्कल्प चापागाईं लगायतका चर्चित कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने महोत्सवको सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक कृष्ण बरालले सारङ्गी न्यूजलाई जानाकारी गराउनु भएको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top