मध्यनेपालको कल्याङ्गबेसीमा सहरी स्वास्थ्य केन्द्र स्थापना - SamacharpatiSamacharpati        

मध्यनेपालको कल्याङ्गबेसीमा सहरी स्वास्थ्य केन्द्र स्थापना

शान्ता कमली, लमजुङ ६ फागुन । लमजुङको मध्यनेपाल नगरपालिका– ८ करापस्थित कल्याङ्गबेसीमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सहरी स्वास्थ्य केन्द्रको सोमबार मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले उद्घाटन गर्नुभएको हो ।

साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो । कल्याङ्गवेसी आमा समुहको भवनमा कार्यालय सञ्चालनमा ल्याइएको छ । नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्य अनुरुप सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो -“स्वास्थ्य केन्द्र सञ्चालन गरिएसँगै नगरपालिकाको दुर्गम क्षेत्र कल्याङ्गबासीले वर्षौंदेखि अस्पताल धाउनुपर्ने समस्या समाधान हुनेछ ।”

गाउँमा रहेका गरिब र बिपन्न बर्गका नगरिकमा अझै पनि आधारभुत स्वास्थ सेवा पुग्न नसकेको अवस्थामा स्वास्थ्य केन्द्र स्थापना भएपछि जनतालाई सहज स्वास्थ सेवा प्रवाह गर्न सकिने प्रमुख पाण्डेले बताउनु भयो । उहाँले शहरी स्वास्थ्य केन्द्र मार्फत गर्भवति परिक्षण, खोप सेवा, बिभिन्न रोगको परामर्श लगायत सरकारले शिुल्क प्रदान गरेका सबै खाले औषधि निशुल्क प्रदान हुने समेत जनकारी दिनुभयो ।

आधरभुत स्तरको स्वास्थ्य सेवा दिने केन्द्रमा नगरपालिकाले १ जना अहेब कर्मचारी खटाएको छ । नगरपालिका स्वास्थ्य केन्द्रका सहसंयोजक सुर्यप्रसाद पौडेलले शहरी क्षेत्रमा ठुला अस्पताल भए पनि सामान्य नागरिकको पहुचमा नभएकाले स्थानिय क्षेत्रमा शहरी स्वास्थ्य केन्द्रको आवश्यकता महशुस गरि केन्द्र स्थापना गरिएको बताउनु भयो । यसअघि नै मध्यनेपाल ७ माझमैदान, ९ बाङग्रेबेसी र १० हाडीखोलामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको मध्यनेपाल १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । नयाँपत्रीकाबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित