बेनीमा बसले ठक्कर दिँदा पोखराका तिलीजा घाइते, मणीपालमा उपचार हुदै - SamacharpatiSamacharpati        

बेनीमा बसले ठक्कर दिँदा पोखराका तिलीजा घाइते, मणीपालमा उपचार हुदै

पोखरा, ६ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं. ८ क्याम्पसचोक नजिकै आइतबार बसले पैदलयात्रीलाई ठककर दिदा एक जना घाइते भएका छन् ।

ध १ ख ४७० नम्बरको बसले पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्ने ९० वर्षिय इन्द्र बहादुर तिलिजालाई ठक्कर दिएको हो । बसको पछाडीको पाङ्ग्राले खुट्टा च्यापिएर घाइत भएका तिलिजालाई उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको प्रदेश नं. ४ प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

त्यस्तै सिद्धार्थ राजमार्ग अन्तरगत भिरकोट नगरपालिका वडा नं. १ मा बसको ठक्करले पैदलयात्री घाइते भएको समाचार प्राप्त भएको छ ।

लु १ ख ७८३ नम्बरको बसले सोहि स्थानका ६८ वर्षकी लिला केसीलाई ठककर दिएको प्रहरीले बताएको छ । केसीको स्थानिय एक स्वास्थ्यकेन्द्रमा प्रथमिक उपचार पछि थप उपचारका लागि वालिङ पठाइएको जनाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित