फेदिखोला-३ भाट्खोलामा चट्याङ पर्दा महिला घाइते, गोठका वस्तुभाउ को मृत्यु

स्याङ्जा, ५ फाल्गुन । स्याङजामा शनिबार जलबायु परिवर्तन को कारण कुनै मौसमी बद्लाब बिना नै परेको चट्याङको कारणले फेदिखोला गाउँपालिका-३ भाट्खोला लोलासरीमा १ घरमा पुर्ण क्षति र एउटा् गोरु र बोका को मृत्यु र ५ जना घाइते भएका छन् । घाइते हुनेमा फेदीखोलामा गाउँपालिका-३ भाटखोलाकी ४२ बर्षिया मिना रानाभाट रहेकी छन् ।

रानाभाट आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा बेहोस भएपछी उपचारको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) मा पठाइएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका हुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top