एकपछि अर्को गीतमा धमाका मच्चाउँदै प्रियंका कार्की, यो वर्षकै हिट बन्न योग्य गीत

पिरिम नलाउनेले हंगामा मच्चाएपछि प्रियंकालाई लिएर रोमान्टिक छु बोलको डान्सिगं गीतको भिडियो ल्याए सचिनले अञ्जु पन्तको स्वर रहेको गीतमा प्रियंका कार्कीको अहिलेसम्मकै दमदार नित्य, हेर्नुहोस् भिडियो

काठमाडौँ । चर्चित गायक आशिष गौतम सचिनको चर्चा अहिले उत्कर्षमा छ । पिरिम नलाउने बोलको गीतले हंगामा पिटेसँगै आशिष र अञ्जु पन्तको स्वरमा रहेको गीत रोमान्टिक छु बोलको गीतको भिडियोले पनि राम्रो चर्चा र प्रतिक्रिया बटुलीरहेको छ । भिडियोमा चर्चित नायिका प्रियंका कार्कीको अहिलेसम्मकै धमाकेदार अभिनय रहेको छ । जसमा नायिका कार्कीलाई भिजु पार्कीले अभिनयमा साथ दिएका छन् ।

नृपेश उप्रेतीका शब्द शृजना समावेश गीतमा संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले भरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन भरत दाहालले गरेका हुन् । पिरिम नलाउने बोलको गीतलाई करिब ३ करोड दर्शकले माया दिएसँगै उत्साहित बनेका गायक आशिषले सार्वजनिक गरेको डान्सिगं गीतलाई आफ्ना दर्शकले अत्यधिक रुचाउनेमा उनी विश्वस्त छन् । जुन गीतमा नायिका कार्की अत्यन्तै खुलेर गरेको नृत्यले राम्रो चर्चा पाइरहको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top