पोखरामा केटिको बिषयमा बिबाद हुदा आफ्नै साथिको घॉटी रेटी हत्या !! यसरी १० घण्टा भित्र समात्यो प्रहरीले

पोखराको लेकसाइडमा १४ बर्षीय एक बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य श्रोतका अनुसार उनी उक्त घटनामा संलग्न हुने मुख्य व्यत्ति हुन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई नियन्त्रमा लिएर सोधपुछ समेत गरिरहेको छ ।

मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि हत्या भएको बताइएको छ । पाल्पा स्थायी घर भइ लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकमा निमार्णधिन अबस्थामा रहेको एक भवन भित्र मंगलबार उनको हत्या भएको हो ।

बालकका बाबु गोबिन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । ‘हिजो बिहान मेरो पसलमा आएको थियो बिहान १० बजेसम्म म संगै थियो राति यस्तो घटना घटेछ’- उनले दुखित हुदै भने ।

छोरा आफुसँग बस्ने नगरेको र पहिले हजुरआमा बस्ने गरेको बताउदै बाबु गोबिन्दले प्राय आमासंगै बस्छु भनेर भन्ने गरेको र कहिले साथीहरुसँग सुत्छु भन्ने गरेको बताए । उनले आफ्नो श्रीमती सँग बोलचाल नभएको १२ बर्ष भएको बताउदै छोरा आफु सँग पैसा माग्न जाने गरेको बताए । उनले आफ्नो छोराको हत्यामा संलग्नलाई कडा काण्ड कडा कारबाही गर्न माग गरेका छन् । गोबिन्दका २ छोरा मध्ये सचिन कान्छा छोरो हुन् ।

टनापछि बालककी आमा सुनिता मगर भावबिहल भएकी छन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् । आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा संचालन गर्दै आएकी छन् ।

बालकको शब् पोस्टमार्टमका लागी पोखरा स्वास्थय बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि samach[email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top