लिभिङ टुगेदरमा रहेकी प्रेमीकाको प्रेमीले नै गरे हत्या, कारण यस्तो

काठमाडौं, २९ माघ । ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको छ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो । प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । ‘हत्या गरेको स्वीकार गरिसकेको छ ।

विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । डीएसपी श्रेष्ठका अनुसार लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ । सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए ।

source:onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top