अहिले करापुटारमा उल्कै हुन्छ रमिता... - SamacharpatiSamacharpati        

अहिले करापुटारमा उल्कै हुन्छ रमिता…

करापुटार, २९ माघ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका करापुटारमा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको आयोजनामा आगामी फागुन १६ गते देखि २२ गते सम्म आयोजना हुने मध्यनेपाल इशानेश्वर धार्मिक तथा साँस्कृतिक महोत्सब २०७५ को तयारी तिव्र पारिएको छ ।

महोत्सबको प्रचार सामाग्रीमा जाँउ है करापुटार, शिवरात्रीको मेलैमा, पुण्य कमाउँ बेलैमा ।। अहिले करापुटारमा उल्कै हुन्छ रमिता सात दिन भुल्छौ हामी त ।। ” बनाइएको छ ।

सो गितलाई गायक रामजी पौडेल र गायीका माया गुरुङले स्वर दिनुभएको छ । गितमा भनिए जस्तै आयोजकले शिवरात्रीको अवसरमा करापुटार आएर शिवको दर्शन गर्न र पुण्य कमाउन सबै भक्तजनलाई अनुरोध गरेको छ । विगतका वर्षमा ३ दिनमा परम्परागत मेला आयोजना हुने करापुटारमा यस वर्ष ७ दिन महोत्सब आयोजना गरिएको र यस वर्ष अतिनै रमाइलो गर्ने गरि व्यवस्थापन गरिएको आयोजक इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।

पश्चिम नेपालको पशुपतिनाथको रुपमा परिचित इशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा हुने उक्त कार्यक्रमका लागि विभिन्न उपसमितिले आफ्ना काम गरिरहेको मुल आयोजक समितिका संयोजक एवं इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिनुभयो ।

महोत्सबको धार्मिक कार्यक्रम अन्तरगत आयोजना हुने श्रीमदभागवत महापुराणमा विश्व विख्यात कथावाचक इश्वर कृष्ण महाराजजी मुख्य बाचकको रुपमा रहनुहुने घिमिरेले जानकारी दिनुभयो । महोत्सब अबधिभर गणेशमन्दीर दर्शन, पार्वता मन्दिर दर्शन, जलेश्वर बराह मन्दिर दर्शन, गौरीशंकर मन्दिर तथा १०८ शिवलिङ्ग दर्शन, जटेश्वर महादेव मन्दिर दर्शनको व्यवस्था गरिएको प्रचार प्रसार समितिका संयोजक रामचन्द्र सोतीले जानकारी दिनुभयो ।

त्यस्तै महोत्सबको खेलकुद कार्यक्रम तर्फ दशौँ करापुटार खुल्ला रनिङशिल्ड राष्ट्रिय भलिवल प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । यस प्रतियोगिताको सहआयोजक करापुटार क्लब रहेको स.योजक जाकिर हुसेन मियाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७० हजार र शिल्ड रहेको छ । त्यस्तै द्धितिय पुरस्कार नगद रु ४० हजार रहेको मियाले बताउनुभयो । प्रतियोगिताको सेमिफाईनलमा पराजित प्रत्येक टिमलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ठ खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ठ स्पाइकरलाई नगद रु २ हजार र उत्कृष्ठ लिफ्टर लाई नगद रु २ हजार प्रदान गरिने जनाइएको छ । भलिवल प्रतियोगिताका लागि टिम दर्ता शुल्क २ हजार ५ सय लाग्ने आयोजकले जनाएको छ ।

परम्परादेखि करापुटारमा शिवरात्रीको अवसरमा आयोजना हुने छेलो प्रतियोगिताले यस वर्ष पनि महोत्सबमा निरन्तरता पाउने भएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार र द्धितिय हुनेले नगद रु ५ हजार प्राप्त गर्ने छन् । छेलो प्रतियोगिताको लागि टिम दर्ता निशुल्क गर्न सकिने अयाोजकले जनाएको छ ।

महोत्सबमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकको भनाई रहेको छ । त्यस्तै गण्डकी प्रदेशकै उत्कृष्ठ संस्कृति मध्येको ऐतिहासीक बालुन नृत्य, झाँकी प्रदर्शन र ठाडोभाका को रमाइलो पनि महोत्सबमा देख्न सकिने ठाडोभाका संरक्षणका अभियान्ता युवराज घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै सोहि अवसरमा राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानको सहआयोजनामा गण्डकी प्रदेश स्तरीय भजन चुड्का प्रतियोगिता आयोजना गरिएको भजन चुड्का उपसमितिका संयोजक हरीकृष्ण घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ४० हजार, द्धितिय पुरस्कार नगद रु ३० हजार, तृतिय पुरस्कार स् नगद रु २० हजार र सान्त्वना पुरस्कार नगद ५ हजारको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो ।

शिवरात्रीको अवसरमा आयोजित सो महोत्सबमा कृषकहरुलाई प्रोत्साहन गर्न कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ । यस कार्यक्रमको सहआयोजकमा देउराली बहुउद्देश्यीय सहकारी संस्था रहेको जनाइएको छ ।

महोत्सब अन्तरगत महाशिवरात्रीको दिनमा विशेष कार्यक्रम हुने प्रचार प्रसार उपसमिकिा संयोजक रामचन्द्र सोतीले बताउनुभयो । शिवरात्रीको दिनमा ईशानेश्वर महादेवको दर्शन, पुजा आरधना, गाईको दुध र बेलपत्र अर्पण, सामुहिक ब्रतबन्ध, साँझमा लक्ष्यवत्ती प्रज्वलन, ठाडा बत्ती तथा पुरुष बत्ती बाल्ने र राती शिव धुनी बालेर भजनकृतमा रमाउने कार्यक्रम रहेको सोतीको भनाई छ ।

यस्तै अहिलेसम्म इशानेश्वर महादेव मन्दिरमा गई ठाडाबत्ती बाली सन्तान प्राप्त गर्ने भक्तजनहरुलाई महोत्सबको अवसरमा विश्व विख्यात कथा बाचक इश्वर कृष्ण महाराजजी बाट अभिषेश सेचन तथा आर्शिवाद प्रदान गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिनुभयो ।

महोत्सबको मुख्य प्रवद्र्धकमा मध्यनेपाल नगरपालिका रहेको छ भने अफिसियल मिडियामा फेवा टेलिभिजन रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित