एउटै गाउँका ३० युवाले एकै दिन नेपाली काँग्रेसको टिकट लिए

करापुटार, २८ माघ । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा न.८ को कल्याङबेशीमा आइतबार ३० जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कम्युनिस्टको गढ रहेको सो ठाँउका प्रकाश गुरुङ, खिरेश्वर गुरुङ, दिवस ढकाल, गजेन्द्र गुरुङ, गोविन्द न्यौपाने लगायतका युवा युवतीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उक्त गाउँका अधिकांश युवा युवतिले एकै दिन नेपाली काँग्रेसको टिकट लिएका छन् । कम्युनिष्ट पार्टीले युवाको मनोभावना नबुझेको र देशको लागि केही गर्न नसक्ने भन्दै उनिहरु काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नवप्रवेशीहरुलाई नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि गगनकुमार घिमिरेले एक कार्यक्रमका बीच साधारण सदस्य प्रदान गरी प्रवेश गराएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top