बालगृहमा आश्रित बालबालिकाको दुई दिने दन्त परिक्षण सम्पन्न

कास्की जिल्ला भित्र संचालनमा आइरहेका विभिन्न बालगृहमा रहेका बालबालिकाहरुका निम्ति दन्त शिविर गरिएको कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । सुनौलो भविष्यका तारा मानिने बालगृहमा आश्रित बालबालिका निम्ति शनिबार र आइतबार गरि कास्कीमा संचालित बालगृहका करिब २५० जना बालबालिकाले दन्त परिक्षण गराएको बालगृह संजाल कास्कीका महासचिव दिपक गुरुङले जानकारी दिनुभयो ।

बालगृहमा आश्रित बालबालिकामा दाँतका विभिन्न समस्या देखिएको हुँदा दन्त शिविर आयोजना गरिएको महासचिव गुरुङले जानकारी दिनुभयो । महासचिव गुरुङले ताइवान ओरल केयर एसोसिएसन (टोका)द्वारा कास्की स्थित बालगृहहरुका बालवालिकालाई दिनु भएको यो सेवालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै लैजाने बताउँनु भयो ।

शिविर बैदाम–६ लेकसाईड स्थित गुडविल एक्टिभिटी स्कुल (शुभकामना विद्यालयमा) बाल गृह संजाल कास्की तथा ताइवान ओरल केयर एसोसिएसन (टोका) को संयुक्त पहलमा आयोजना गरिएको हो ।

दन्त शिविर कार्यक्रममा दांत भर्ने, झिक्ने तथा सफा गर्ने जस्ता सुविधा सहित ताइवान वाटनै ल्याइएको उपकरण तथा मेसिनहरु सहितको दन्त्य चिकित्सकको टोलीद्वारा बालगृहका बालवालिकाहरुका निम्ति आयोजना गरिएको थियो।

बाल गृह संजाल कास्की द्वारा आयोजित यस शिविरमा ताइवान ओरल केयर एसोसिएसन मार्फत आउनु भएका दन्त्य चिकित्सक, नर्स तथा टोलीको आफ्नै अन्य सदस्यहरुले सेवा प्रदान गरेका हुन् भने कार्यक्रममा उपस्थित सबै बालबालिकाहरु तथा बालगृहवाट आउनु हुने पदाधिकारीहरुलाई ताइवान ओरल केयर एसोसिएसन मार्फत आएका नर्स तथा युनिभर्सिटीका विद्यार्थीहरुद्वारा ओरल हेल्थ बारे दांत कसरी सफा गर्ने, दांत को समस्या तथा उचित हेरचाह बारे कक्षा पनि दिएका थिए ।

संजालका उपाध्यक्ष अमृत प्रसाद तिवारीले शिविर संचालन गर्नको निम्ति ठाउँ उपलब्ध गराई सहयोग गर्नुहुने विद्यालयप्रति विशेष धन्यवाद दिदै यस किसिमको दाँतको समस्या पहिचान गरि सोहि अनुसारको सेवा प्रदान भएको बताउँनु भयो।

यस बाल गृह संजाल कास्की तथा ताइवान ओरल केयर एसोसिएसन (टोका) द्वारा आयोजित दाँतको यस शिविरमा धेरै बालवालिका तथा अन्य व्यक्तिहरुले पनि आफ्नो समस्याको उपचार गरेका थिए भने कार्यक्रमलाई सफल पार्नको निम्ति संजालको तर्फ बाट श्री अमृत प्रसाद तिवारी (उपाध्यक्ष), श्री दिपक गुरुङ (महासचिव), श्री टंक प्रसाद गुरुङ (कोषाध्यक्ष) तथा श्री शोभा पहरी (सदस्य) को प्रमुख भूमिका रहेको आयोजकले बताएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top