रक्तदान जिबन दान , जिबनदान महादान भन्ने उद्वधोशका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना

पोखरा, २८ माघ ।   रक्तदान जिबन दान, जिबनदान महादान भन्ने उद्वधोशका साथ अमरसिह चोक स्थित लाएनस कल्ब अफ पोखरा मिड टाउन तथा नेतृत्व बिकाश लिड नेपाल को पहलमा आगामी फागुन २ गतेका दिन बिहान सात बजे बाट रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

निश्चित अवधिपछि मानव शरीरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दानगर्दा कसैको जीवन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केही हद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रम को समयोजक सुनादेबि श्रेष्ठले बताउनु भएको छ । कार्यक्रमा सहभागी भई रक्तदान गरी कार्यक्रमलाई भव्यताका साथ सफलपार्न आयोजकले सबै सग अनुरोध गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top