पोखरा, २८ माघ । श्री क्रबा आजी सिङदी तमु समाज पोखराको आयोजनामा तथा पोखरा महानगरपालिका वडा न–१२ को बिशेष सहयोगमा “सिप सिकौं आत्मनिर्भर बनौ” भन्ने मुलनाराका साथ ७ दिने महिला सीपमुलक बुटिक तालिम शनिबार सम्पन्न भएको छ ।

श्री क्रबा आजी सिङदी तमु समाजका अध्यक्ष बासुदेव गुरुङको अध्यक्षतामा तथा पोखरा महानगरपालिकाका उपमेयर श्री मंजुदेवी गुरुङको प्रमुख अतिथ्यतामा तालिमको समापन गर्दै उपमेयर मंजुदेवी गुरुङले सिकेका सीपलाई व्यवहारमा उर्तान जोड दिनु भयो । सीप हासिल गरेर मात्र हुँदैन त्यसलाई ठीक ठाउँमा कार्यान्वयन गर्न सक्नुपर्दछ । उपमेयर गुरुङलेमहिला अधिकार, महिला माथि भएका हिंसा र संशोधित कानुनहरुका बारेमा पनि प्रकाश पर्नु भएका थियो साथै महिलामाथि कुनै अपराधिक घटना व हिंसाहरु हुन गएमा पोखरा महानगरपालिकामा महिला सहयोग केन्द्र खोलिएको बताउँदै सहयोग केन्द्रमा निःशुल्क परामर्शका लागि जान समेत आग्रह गर्नुभयो ।
प्रमुख अतिथि गुरुङले बुटिक तालिममा सहभागी ३१ जान महिलाहरुलाई प्रमाणपत्र वितरण गरि शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा वडा नं–१२ का सदस्य सिता बाँस्तोला,महिला समितिका सचिव गंगा कुमारी गुरुङ, संस्थाका उपाध्यक्ष राम सुब्बा गुरुङ र प्रशिक्षक सविता सुबेदीले लगायतले बोल्नुभएको उक्त कार्यक्रम संस्थाको सचिव हिरा गुरुङले संचालन गर्नुभएको लमजुङ, सिङ्दी हाल पोखरा निवासी समाजसेवी टंकप्रसाद गुरुङ जानकारी दिनुभयो ।