सिद्धार्थ बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना

सहयोगी प्रकाश केसीलाई सम्मान

पोखरा, २८ माघ । स्याँग्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ । झण्डै तीन वर्षदेखि निर्माण कार्य शुरु गरिएको मन्दिरमा आइतबार सरस्वती पुजाकै दिनदेखि पुजाआज शुरु गरियो । मन्दिरमा राखिएको सरस्वतीको मूर्तीमा आइतबारनै पुजाआजा गरि प्राण प्रतिस्थापन गरिएको थियो । झण्डै साढे पाँच लाख खर्चमा उक्त मन्दिर निर्माण सम्पन्न भएको हो ।

यसैविच मन्दिरमा राखिएको सरस्वतीको मूर्ती दाता पोखरा–७ मुस्तानचोकका प्रकास केसीलाई सोही समारोहका विच सम्मान गरिएको छ । मन्दिर निर्माण समितिका संयोजक टंक गौतमले केसीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरे । सम्मान ग्रहण गर्दै समाजसेवी केसीले समाज विकासका लागि सधै नेताहरुको मुख ताक्नु भन्दापनि सामाजिक अगुवाहरुनै अग्रसर बन्नुपर्नेमा जोड दिएका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रकाश गौतमले मन्दिर क्याम्पस प्राङ्गमा निर्माण भएतापनि यो सबैको साझा हुनुपर्ने बताए । सोही समारोहमा बेलायतमा रहेकि स्थानिय निलम गुरुङ्गले क्यामपस विकासका लागि पठाएको २५ हजारु रुपैयाँ उनका दाजु राजेन्द्र गुरुङ्गले गौतमलाई हस्तान्तरण गरे । त्यस्तै, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर खड्काले मन्दिरमा आवश्यक घण्टि खरिदका लागि ८ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिवाकर सुवेदी, चण्डि डाँडा माविका अध्यक्ष नरकाजी गुरुङ्ग, दान दाता राजेन्द्र गुरुङ्ग, धार्मिक व्यक्तित्व बेगम गौतम, लगायतले शिक्षाको महत्वका बारेमा प्रकास पारेका थिए । क्याम्पस प्रमुख हुमनाथ शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top