आईसीसीले पठायो २१ नेपाली क्रिकेटर पारिश्रमिक, कसले कति पाउने भए ?

काठमाडौं ,२६ माघ । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ जना नेपाली क्रिकेटरको पारिश्रमिक पठाएको छ । आईसीसीले उनीहरुको दुई वर्षको एक मुष्ठ रकम १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पठाएको हो । सन् २०१७/१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आईसीसीमा पत्र पठाएको थियो ।

ए श्रेणीमा रहेका कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको तलब मासिक ३५ हजार तोकिएको छ । दुई वर्षको तलब एक मुष्ट लिँदा उनीहरुले ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् । मासिक २५ हजार रुपैयाँ तलब तोकिएका श्रेणी ‘बी’ का आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचनहरुले २ वर्षको तलब ६ लाख एक मुष्ठ पाउने छन् ।

यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारीले मासिक १५ हजारका दरले २ वर्षको तलब बराबर ३ लाख रुपैयाँ पाउनेछन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top