शिव परियारको ‘शिवालय’मा स्वस्तिमा खड्काको रोमान्स (भिडियो)

काठमाडौं , २६ माघ । नेपाली सांगीतिक क्षेत्रका चर्चित र लोकप्रिय गायक हुन्, शिव परिवार । उनले गाएका प्राय सबै गीतले स्रोता र दर्शकको मन जितेको छ । शास्त्रीय संगीतका पारखी गायक परियारले नेपाली सांगीतिक क्षेत्रमा एक दशक बढी समयदेखि योगदान दिइरहेका छन् । ’कादम्बिनी’, ’क्या दामी’जस्ता दर्जनौँ चर्चित एल्बम बजारमा ल्याएर मन जितेका उनै गायक शिव परियारले फेरि अर्काे दमदार एल्बम ‘शिवालय’ ल्याएका छन् । उनले सो एल्बममा समावेश गीत ‘तिमी नै मेरो सास’ गीतको म्युजिक भिडियो युट्युबमार्फत आफ्ना स्रोता र दर्शक माझ ल्याएका छन् ।

प्रेम रसमा रहेको सो गीतमा युवकले आफ्नी प्रेमिकालाई आफ्नो सासदेखि चारधाम समेत रहेको भनेका छन् । पूर्णरुपमा प्रेममा भावमा रहेको सो गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top