रोकिराखेको ट्रकमा बस पछाडिबाट ठोक्किदा १६ घाइते

चितवन, २६ माघ । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८८४६ नंको बस बिग्रेर रोकिराखेको ना६ख ८१८५ नंको ट्रकमा पछाडिबाट ठक्कर खाँदा बसमा सवार १६ घाइते भएका हुन् ।

गएराति १:४५ बजे भएको सो दुर्घटनामा घाइतेमध्ये १४ को पुरानो मेडिकल कलेज र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । बस र बसका चालकलाई मुग्लिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top