पोखरा उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा कठिन श्रम र घरेलु श्रमिक बालबालिकाहरुको लागि बृहत आँखा शिविर

पोखरा, २६ माघ । जोखिमपूर्ण कठिन श्रम,सडक तथा घरेलु श्रमिक बालबालिकाको लागि पोखरामा बृहत निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । आँखा शिविरबाट करिब ६ सय जना बालबालिका तथा युवाहरु लाभान्वित भएका छन् । जोखिमपूर्ण कठिन श्रममा रहेका बालबालिकाहरुलाई लक्षित गरी पोखरामा आयोजना गरिएको सम्भवत यो नै बृहत आँखा शिविर हो । शिविरमा विभिन्न मेकानिकल वक्र्संसपमा कार्यरत युवाहरुलाई पनि सहभागी भएका थिए पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ६५ औँ वार्षिकोत्सवको अवसरमा शनिबार पोखरा व्यवसायिक महिला क्लवसँगको सहकार्यमा आँखा शिविरको आयोजना भएको हो ।

संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमको संयोजन रहेको आँखा शिविरमा प्राविधिक सहयोग भने पोखराकै घारिपाटनमा रहेको हिमालय आँखा अस्पतालको रहेको छ । २०११ साल माघ २५ गते स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले करिब १६ वर्षदेखि बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गर्दै आइरहेको छ । संघले सोही कार्यक्रममार्फत पोखरामा कठिन श्रममा रहेका बालबालिका तथा घरेलु श्रमिकका लागि अनौपचारिक शिक्षा, परिवार पुनर्मिलन, पुनस्र्थापनालगायतका गतिविधी गर्दै आएको छ । संघका अध्यक्ष दामु अधिकारीले हिमालयन आँखा अस्पतालका डाक्टर सुभाष नेपाललाई प्राविधिक सामग्री हस्तान्तरण गरी आँखा शिविरको उद्घाटन गर्नुभयो ।


उहाँले सुन्दर र सम्वृद्ध नेपाल हेर्न तथा समाजका विभिन्न परिवर्तनहरुलाई परख गर्नको लागि स्वस्थ आँखाको ठूलो महत्व भएकोले आँखा स्वस्थ राख्न सबैसँग आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघको वार्षिकोत्सवको अवसरमा बृहत आँखा शिविर आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै पोखरा व्यवसायिक महिला क्लवकी अध्यक्ष हरिमाया शर्माले श्रम तथा जोखिममा रहेका बालबालिकाहरुको स्वास्थ्यप्रति राज्य उत्तरदायी बन्नुपर्नेमा जोड दिँदै शिविरलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top