एपिएफ क्लब मनकामना केबलकार पोखरा कपको फाईनलमा प्रबेश

पोखरा, २५ माघ । पोखरामा जारी मनकामना केबलकार कप फुटवलमा एपिएफको टिम फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली जापानको रिस्सहो युनिभर्सिटीलाई टाइब्रकरमा पराजित गर्दै विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफानल खेलबाट रिस्सहोलाई टाईब्रेकरमा ४–१ को गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो ।

९० मिनेटको निर्धारित समय र थपिएको ३० मिनेटमा पनि दुबै तर्फ कुनै पनि गोल हुन नसके पछि खेल निर्णायकको लागि टाइब्रेकरमा पुगेको थियो । टाईब्रकरमा जापानका नाट्सुकी र ताकुतो योसिनोले प्रहार गरेको पेनाल्टीसुट गोलमा गोल गर्न चुके संगै उत्कृष्ट खेल प्रदर्शन गरेको जापानको रिस्सहो पोखरा कपको सेमिफाईनलबाटै यात्रा टुंगाउनु पर्यो ।

नाट्सुकीले प्रहार गरेको पेनाल्टी सुटलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । त्यसै गरी योसिनोले प्रहार गरेको पेनाल्टीसुट पोष्ट माथिबाट बाहिरियो । एपिएफका गोलरक्षक राजु नगरकोटीको उत्कृष्ट बचाउले सहभागि दर्शकको समेत मन छुन सफल भए ।

एपिएफको जितमा सुदिप सिल्पकार, असिम लामा, राजु लोप्चन, राजु नगरकोटीले पेनाल्टीसुटमा गोल गरे । टाईब्रेकरमा एपिएफले पहिला पेनाल्टी सुट हानेको हो । खेलमा १० भन्दा बढी राम्रा गोल गर्ने अवसरलाई तुहाईदिएका एपिएफका गोलरक्षक खेलमा म्यान अफ दी म्याच घोषित भए ।

प्रतिकुल मौसमका कारण विहिबार स्थगित भएको खेल शुक्रबार भएको हो । भेलि(शनिबार) दोश्रो सेमिफाईनल खेल डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लव बिरुद्ध पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमली बिच दोश्रो सेमिफाईनल खेलमा हुने भएको छ । शनिबारको विजेतासंग ७ लाख नगद सहितको पुरस्कारको लागि आईतबार फाईनल खेल हुने भएको एन्फा कास्कीले जनाएको छ ।

ब्रिगेट व्वाईज क्लवलाई टाईब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाईनलमा यात्रा बनाउदा क्यामरुनको डफिन्स टिम फेमलीले थ्रि स्टार क्लवलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा पक्का गरेको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top