पोखरा महानगरपालिका लिने ८ कक्षाको परीक्षा तालिका सार्वजनीक (तालिका सहित)

पोखरा, २५ माघ । पोखरा महानगरपालिकाले कक्षा ८ आधारभुत तह उत्रिर्ण परीक्षाको परीक्षा तालिका सार्वजनीक गरेको छ ।

पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा लिने परीक्षा आगामी फागुन २७ गते देखी सुरु हुनेछ । परिक्षा अन्तर्गत २७ गते नेपाली, २८ गते अग्रेजी, २९ गते सामाजीक अध्ययन र जनसंख्या, ३० गते पेसा व्यवसाय प्राविधिक शिक्षा, चैत १ गते विज्ञान तथा बातावरण, ३ गते गणित, ४ गते स्वास्थ्य शारीरिक र नैतिक शिक्षा, ५ गते मातृभाषा, ७ गते प्रयोगात्मक परिक्षा हुने पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जानकारी दिएको छ । परिक्षा चैत ७ गते सम्म सञ्चालन हुनेछ ।

परिक्षा बिहान साढे १० बजे देखी सुरु हुने बताइएको छ । पोखरा महानगरपालिकामा सामुदायीक र संस्थागत विद्यालय गरि २ सय ७१ विद्यालय छन् । ति विद्यालयमा करिब १० विद्यार्थीहरु कक्षा ८ को आधारभुत तह उत्रिर्ण परीक्षामा सहभागी हुने जनाइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top