मुक्तिनाथ विकास बैंकद्धारा वित्तीय साक्षारता अभियान सम्पन्न

पोखरा । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान सम्पन्न गरेको । पोखरा २६ बुढिबजारमा रहेको मुक्तिनाथ विकास बैंक शाखाले पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा कक्षा ९,११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ एक दिने २२२ औं वित्तीय साक्षरता तालिम सञ्चालन गरेको हो । रत्न शोभा माविका शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रवन्धक बाबुराम ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम अति नै आवश्यक भएको महशुष गरी वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरिएको बताउँदै बैंकले ९९ वटा शैक्षिक कार्यक्रम समुदायमा गरेको जानकारी दिए ।

जनता बैंकमा होइन , बैंक जनतामा जानुपर्छ भन्ने उद्धेश्यलाइ आत्मसाथ गर्दै वि.सं.२०६३ साल पुष १९मा स्थापना भएको बैंकले ११४ वटा शाखा विस्तार गरी आर्थिक कारोवार गरेको र विकास बैंकमा उत्कृष्ट बैंकमा रुपमा रहेको जानकारी गराउँदै नेपालको बैंकिङ क्षेत्रमा ख वर्गमा रहेको बैंक आगामी दिनमा क वर्गका लागि सोही अनुसार अगाडि बढेको सो अवसरमा ढकालले बताए। यसै गरी विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढोथोकी, सोही विद्यालयका साहयक प्रधानाध्यपाक श्याम बहादुर केसी लगाएतले मानव जिवनलाइ सार्थक बनाउन वित्तीय अनुशासनको अति नै महत्व हुने भन्दै विद्यार्थी वर्गलाइ लक्षित गरी सन्चालन गरिएको वित्तीय साक्षरता अभियान विद्यार्थीको जीवनमा फलदायी हुने विश्वास व्यक्त गर्दै मुक्तिनाथ विकास बैंक बुढिबजार शाखाले वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेकोमा धन्यवाद दिएका थिए ।

“आजको आवश्यकता विद्यार्थीहरुको वित्तीय साक्षरता” उद्धेश्येका साथ सन्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा मुक्तिनाथ विकास बैंक बुढिबजार शाखाका शाखा प्रमुख राम चन्द्र रानाभाटले वित्तिय साक्षरता भनेको के हो? बचत भनेको के हो ? बचत कसरी गर्ने , वचत गर्नुपर्ने कारणहरु ीवषयमा सहजीकरण गरेका थिए । यसै गरी साना तथा लघु वित्त बैंकिङ प्रमुख धु्रव राज घिमिरेले पारिवारिक वजेट, जोखिम र यसका असर, जोखिम न्यूनिकरण विषयमा सहजीकरण गरेका थिए भने विद्यार्थी समिता गुरुङ र सचिन भुर्तेलले कार्यक्रम अति नै फलदायी भएको बताउँदै आफूले सिकेका कुरा आफ्नो व्यवहारमा लागु गरी अरुलाइ पनि सिकाउने प्रतिबद्धता व्यक्त गरेको मुक्तिनाथ विकास बैंक बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाटले जानकारी दिए।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top