आहारा नपाएपछि चरीबाघको मृत्यु

बगलुंग , २५ माघ । निरन्तर हिमपात भएपछि बागलुंगको ढोरपाटन शिकार आरक्षमा १ चरिबाघ आहारा अभावमा मरेको छ । बुधबार राति देखि निरन्तर रुपमा वर्षासंगै हिमपात हुदा अत्यधिक चिसो बढेको र चिसोको कारण आहारा खोज्न नसके पछि बाघ मरेको बताएका छन् । अत्यधिक चिसोको कारण आहारा खोज्न नसकेको अवस्थामा पुगेको १ चरिबाघ ढोरपाटन नगरपालिका ९ पखाथारस्थित मिपा लामाको गोठमा भेटेको थियो ।

कार्यालयमा लगेर तातोमा राख्ने तयारी गर्दागर्दै चरिबाघ मरेको वन रक्षक बीरबहादुर थापाले जानकारी दिए । भोक र चिसोको कारण बाघ मरेको हुनसक्ने अनुमान गरिएको छ । मृत बाघलाइ आरक्षणमा केन्द्रको सूचना केन्द्रमा राखिएको र शुक्रबार पोस्टमार्टमपछि व्यवस्थापन गरिने वन रक्षक थापाले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top