तनहुँमा सवारी दुर्घटना

तनहु , २५ माघ व्यास नगरपालिका१२ तल्लो छिर्कने स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ५ ख ४०४० नं. को बस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख २३९ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा पाँच जना घाईते भएका छन् ।

घाईते हुनेमा नवलपरासी ९ पूर्व गैंडाकोट नगरपालिका २ को वर्ष ६२को इन्द्र प्रसाद भुषाल, गैडाकोट नगरपालिका १ बस्ने वर्ष २३की आशा रुवाले, वर्ष ३५ की श्रीमाया गुरुङ, वर्ष ५२को इश्वर प्रसाद भट्टराई र ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १६ बस्ने वर्ष २३को नारायण श्रेष्ठ रहेका छन् । घाइतेहरुलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top