स्याङ्गजाको बिरुवा गाँउपालिका ५ चेप्टेमा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न

स्याङ्गजा , २५ माघ । स्याङ्गजाको बिरुवा गाउपालिका ५ चेप्टेमा ७३ लाखको लागतमा ४० घरधुरी लाभान्वीत हुनेगरी खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत फिनल्याण्ड र नेपाल सरकारको अर्थिक सहयोगमा कालिसेन भुलभुले लिफ्टिङ्ग खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको हो । आयोजनामा स्थानियको जन श्रमदन पनि रहेको कालिसेन भुलभुले लिफ्टिङ्ग खानेपानी तथा सरसफाई योजनाकी अध्यक्ष बुद्धीमाया थापाले जानकारी दिईन् ।

अध्यक्ष थापाले भन्नुभयो “खानेपानीको समस्या रहेका स्थानमा योजना निर्माण गरिएको र उपभोक्ताहरुले प्रत्यक्ष लाभ लिइरहेकोले आयोजना दीगो हुने छ ।” बिजुलीबाट लिफ्टिङ्ग गर्नुपर्ने भएकोले बिजुलीमा समस्या नभएसम्म खानेपानीमा समस्या नहुने उनको भनाई छ ।
करिव ५ किलोमिटरको दुरीबाट लिफ्टिङ्ग पानी ट्याङ्कीमा जम्मा गरी गाँउलेलाई वितरण गरिएको छ । गाँउमा खानेपानीको चर्को समस्या भएको बेलामा लिफ्टिङ्ग खानेपानी योजनाले गाँउलेलाई धेरै राहत मिलेको स्थानिय सुरेश थापाले बताए ।

उनले भने “पहिले डोकोमा आधा घण्टा हिडेर पानी बोकेर गुजारा गर्नुपथ्र्यो अहिले निर्क सजिलो भएको छ ” । खानेपानी आयोजना मा २९ गते पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपलमान श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top