नेकपा गण्डकीको पूर्ण बैठक सुरु

पोखरा , २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) गण्डकी प्रदेश संगठन कमिटीको पहिलो पूर्ण बैठक बिहिबार सुरु भएको छ । कमिटीले पूर्णता पाए पछिको बैठकमा पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज पृथ्बीसुब्बा गुरुङले कमिटीमा चयन भएका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाए ।नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डेका अध्यक्षतामा बसेका बैठकमा पार्टीका स्थायी समितिका सदस्य तथा प्रतिनिधि सभाका सदस्य देव गुरुङ ,स्थायी समितिका सदस्य सोमनाथ प्यासीले सम्बोधन गरेका प्रदेश कमिटिका सचिव गोविन्द नेपालीले जानकरी दिए ।

नेकपा गण्डकीमा १ सय ८९ सदस्यीय प्रदेश कमिटि छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कार्यगत एकता गरेका २ दलले २०७५ जेष्ठ ३ गते पार्टी एकीकरण गरेका थिए । पार्टीको साचिवालयले २०७५ अशोज ५ गते प्रदेशका पदाधिकारी नाम र जिम्मेवारी तोकेको थियो । जिल्ला , नगरतहमा कमिटिका सदस्य बाड्फाट भए पनि पदाधिकारीको नाम र जिम्मेवारी नातोकिदा पार्टीको काम प्रभावकारी बन्न सकेको छैन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top