पोखरामा नक्कली नोटको बिगबिगी

पोखरा , २५ माघ । पोखरामा पछिल्लो समय १ हजार रुपैयाको नक्कली नोट देखिन थालेको छन् । एउटै नम्बरका नोट दिनदिनै देखीन थालेको बैंक अधिकारीले बताएका छन् ।लुम्बिनी विकास बैंक पोखरा न्युरोड शाखामा १ हप्ताभित्रै ५ वटा नक्कली नोट आएका छन् । ‘नक्कली नोटको कारोबार पछिल्लो समय अलि बढेको देखिन्छ,’ शाखाकी इन्चार्ज सफिना जोशीले भनिन् ,’आहिले आएर दैनिक आउन थालेको छ । ‘ उनले पछिल्लो हप्तामात्रै १ हजार २ वटा नोट एउटै नम्बरको आएको बताइन ।

नक्कली नोट दैनिक जसो आउने भए पनि एकैपटक ठुलो मात्रमा भने नआएको जोशीले सुनाइन् । ‘एकैचोटी ठुलोमात्रमा नक्कली नोट भने हामी कहाँ आएको छैनन् । तर दिनहु आइरहेका छन् । ,’ उनले भनिन् । सेवाग्राहीले ल्याएको नोट ‘ फेक नोट दिक्तेटर ‘मा परिक्षण गर्दा नक्कली नोट भेटिएको उनले प्रस्ट परिन ।

‘फेक नोट दिक्तेटरमा नोट चेक गर्दा उज्यालो बत्ति बल्छ ,’जोशीले भनिन् कुनैकुनै नोट पुरानो वा खुइलिएर पनि तेस्तो बत्ति बल्न सक्छ ।’ नक्कली नोटमा प्राय एउतै नम्बर हुने गरेकाले एन्आरबी संकेत पनि नहुने उनले जनाइएकि छन् । पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाइ सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ । पोखरामा पछिल्लो साउन यतामात्रै २ सयवटा नक्कली नोट भेटिएको नेपाल रास्ट्र बैंक पोखराले जानेको च । ‘एकैचोटी ठुलो गिरोह फेला परेको छैन तर फाट्टफुट्ट फेला परिरहेको छन् । ,’रास्ट्र बैंक पोखराका पोमनाथ गौतमले भने ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top