आफ्नै भाइको हत्या गरी इनारमा फाल्ने दिदी सहित ३ जना पक्राउ, सडेर गन्ध आएको अबस्थामा फेला परेको थियो लास

तनहुँ , २४ माघ । तनहुँको काउरेटारमा आफ्नै भाई २६ वर्षीय राजु विकको हत्या गरी लास ईनारमा हाल्ने दिदी सहित ३ जना पक्राउ परेका छन्। गत मङ्सिर १२ गते राती कुटपिट गरी चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसेर इनारमा फालेको पुष्टी भएको प्रहरीले जनाएको छ।

हत्या गरी पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी २ स्थायी घर भई हाल भानु ९ काउरेटार बस्दै आएकी राजुकी दिदी २८ वर्षीया मन कुमारी विक, ३५ वर्षीया मन माया विक, हाल सोही स्थान बस्ने लमजुङ दोर्दी ३ लामागाउँका बर्ष २४ वर्षीय आयुष विक रहेका छन् ।सोमबार भानुको काउरेटारमा राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडेको अबस्थामा फेला परेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top